८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसको विधान बहुमतबाट पारित, फरक मत लेख्ने तयारी


काठमाडौं - नेपाली कांग्रेसको विधान केन्द्रीय समिति बैठकबाट बहुमतले पारित भएको छ। लामो समयको छलफलबाट पनि निकास निक्लन नसकेपछि सभापति शेरबहादुर देउवा समूहले विधान बहुमतबाट पारित गरेको हो। 

संस्थापनइतर समूहले महासमिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने र समानुपातिकमा पटकपटक अवसर दिने व्यवस्था हटाउने प्रतिबद्धता गरेको भन्दै आफ्नो अडान नछाडेपछि संस्थापन समूहले बहुमतबाट निर्णय गरेको हो। 

एम महिनाअघिबाटै कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने/नहुने र समानुपातिकमा कति पटकसम्म अवसर पाउने भन्ने विवाद चल्दै आएको थियो। सभापति देउवाले पनि सर्वसम्मत रूपबाट पारित गर्न एक महिनासम्म बैठक लम्ब्याएका थिए। तर दुवै पक्षले आफ्नो अडान नछाडेपछि बुहमतीय प्रणालीबाट निर्णय गर्नुपरेको कांग्रेस स्रोतले जनाएको छ। 

‘बहुमतबाट विधान पारित भयो’, केन्द्रीय सदस्य धनराज गुरुङले नागरिकसँग भने, ‘अहिले माइन्युटिङको काम भइरहेको छ।’

संस्थापनइतर समूहले भने यो बहुमतीय प्रणालीबाट भएको निर्णयमा आपत्ति जनाएको छ। यो निर्णयको विरुद्धमा ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी भइरहेको गुरुङले जानकारी दिए। ‘हामीले यो निर्णयको विरुद्धमा फरक मत राख्ने तयारी गरिरहेका छौँ’, उनले भने, ‘अहिले निर्णय माइन्युटिङको क्रममा भएकाले कति जनाले फरक मत राख्ने भन्ने फाइनल भएको छैन।’

 

प्रकाशित: १२ फाल्गुन २०७५ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App