बास्नादार विदेशी चामलभन्दा स्वदेशी चामलको भात खाने आदत बसालौंः प्रम ओली

आइतबार, १२ फागुन २०७५, १८ : ३३ नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधी र यान्त्रिकिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन्। 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए। ‘हाम्रो देशको लागि यती ठुलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन। कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ’, उनले भने, ‘जबरजस्त रुपमा कृषिमा काम गरेका मानिसलाई बिस्थापन गर्ने भनेको होइन तर बिकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने बताए। ‘एकै ठाउँमा ठुलो मात्रामा एकै प्रकारको बाली लगाउनु पर्दछ जसले गर्दा निर्यात गर्न सजिलो हुन्छ’, उनले भने, ‘हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्दछ। यसका लागि कृषि मन्त्रालयको नेतृत्वमा भूमी व्यवस्था मन्त्रालय र सहकारीहरुलाई साथ लिएर अघि बढ्नु पर्दछ।’

नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले  बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने ओलीको भनाइ छ। ‘पहिला नेपालीहरुमा सागसब्जी कम्ती खाने बानी थियो। अहिले यसमा परिवर्तन आएको छ। त्यसकारण अहिलेको भन्दा चार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ’, उनले भने, ‘बास्नादार र विदेशबाट आयात गरिएको चामल भन्दा स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ।”








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad