coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बढुवा भएका एसएसपीको पदस्थापन, को कहाँ?

काठमाडौं– प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको फागुन ७ को निर्णयअनुसार एसपीबाट बढुवा भएका र अन्य गरी १४ जनालाई प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार जिम्मेवारीसहित पदस्थापना तथा सरुवा गरेको हो।

पदस्थापना तालिकाअनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा किरण बज्राचार्य, मेट्रोको प्रशासन महाशाखामा श्यामलाल ज्ञवाली, प्रदेश प्रहरी कार्यालय जनकपुरमा मिरा चौधरी, प्रहरी प्रधान कार्यालय तालिम शाखामा टेकप्रसाद राई आएका छन्। उमेशराज जोशीले प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षको सचिवालयको जिम्मेवारी पाएका छन्। 

 

प्रकाशित: १२ फाल्गुन २०७५ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App