७ वैशाख २०८१ शुक्रबार
समाज

ब्रेक फेल भएर बस पल्टियो, ९ घाइते एकको अवस्था गम्भीर

रुकुम- रुकुम पश्चिम मुसिकोट नगरपालिकामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। रुकुमपूर्वबाट काठमाडौं जाँदै गरेको ना५ख ५३८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी सुमित खड्काले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटकी ५० वर्षीया ईश्वरीकुमारी बोहरा, सोही ठाउँका ५८ वर्षीय रामबहादुर बुढाथोकी, ३९ वर्षीया गंगा विसी, रुकुमपश्चिम त्रिवेणी गाउँपालिका–९ पेउघाका ६० वर्षीय चन्द्रे सुनार, मुसिकोट नगरपालिका–४ का ६१ वर्षीय दुर्गाबहादुर ओली, पितिवाङ्की ३० वर्षीया भावना ओली घाइते भएका हुन्।

यस्तै, नगरपालिका–१२ की ३० वर्षीया मेउमता पुन, बाँफिकोट गाउँपालिका–२ पिपलका महेन्द्र खत्री र दाङ तुल्सीपुर उपमहानगरपालिका–५ का ३४ वर्षीय घनश्याम नेपाली घाइते भएका डीएसपी खड्काले जानकारी दिए।

घाइतेमध्ये ईश्वरीकुमारीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । बाँकी सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। मुसिकोट नगरपालिका–५ सेरीगाउँमा भएको दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको बताइएको छ। थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।

प्रकाशित: १२ फाल्गुन २०७५ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App