यस कारण भएको थियो नेविसंघका विद्यार्थीबीच झडप

आइतबार, १२ फागुन २०७५, १४ : ४५ नागरिक

काठमाडौं- नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको झडपमा दर्जन बढी विद्यार्थी नेता घाइते भएका छन्। आज पार्टी कार्यालय सानेपामा सिटौला समूह र संस्थापन समूहबीच प्रदर्शनको ठाउँलाई लिएर झडप भएको थियो।

संस्थापन पक्षका विद्यार्थीहरुले पार्टी कार्यालयको पछाडिपट्टि अर्थात् खोला किनारतिर प्रदर्शन गर्ने र सिटौला समूह अर्थात् संस्थापनइतर समूहले कार्यालयको मूल गेटमा प्रदर्शन गर्ने तय भएको नेविसंघका एक नेताले नागरिकन्युजलाई जानकारी दिए। भिन्दाभिन्दै स्थानबाट गरिएको प्रदर्शन पछि एकै ठाउँमा आउँदा दुई समूहबीच झडप भएको थियो। उक्त झडपमा परी सिटौला समूहका नेता दीपेन्द्र क्षत्री, माधव भण्डारी, अनरत खड्का, सुबोध ओली, प्रदीपजंग शाह, रत्नहरि ढुंगेललगायत नेता घाइते भएका विद्यार्थी नेता सुशील भट्टले बताए।

नेविसंघ तदर्थ समिति तथा त्यसमा ३२ वर्षे उमेर हद राख्ने या नराख्ने विषयलाई लिएर केही समयदेखि संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्किएको थियो। आज बिहान संस्थापनइतर समूहले पार्टी कार्यालयको मूल गेटमा सिटौलालाई कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा झडपको सुरु भएको थियो। आफूले भनेअनुसार विधान कार्यन्वयन नगरिए समानान्तर तदर्थ समूह बनाउने सिटौला समूहका विद्यार्थी नेताले चेतावनी दिएका छन्।

 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad