coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

व्यापार सम्झौता गर्न अमेरिका र चीनबीच शिखर सम्मेलन हुने : ट्रम्प

वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताएका छन्। चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता निकै सकारात्मक भएको बताउँदै उनले यसलाई आइतबारसम्म लम्व्याइएको बताए। 

अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूबीचकाे वार्ता सकारात्मक बन्दै गएको बताइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो। वार्ताले सकारात्मक दिशा नलिएमा अमेरिकाले मार्च १ देखि लागु हुनेगरी थप चिनियाँ सामानको मूल्यमा करवृद्धि गर्ने बताएको थियो।

सहमति अनुसार मार्च १ मा अमेरिकाले दुई खर्ब मूल्य बराबरको चिनियाँ सामानमा कर वृद्धि गर्ने बताइएको भएपनि राष्ट्रपति ट्रम्पले उक्त निर्णयलाई केही पछि सार्ने बताएका छन्। ट्रम्पले व्यापार विवादबारे छिट्टै चिनियाँ राष्ट्रपति सी र आफुबीचको वार्ता मार्च महिनाभित्रै हुने सम्भावना रहेकाे बताए।

प्रकाशित: ११ फाल्गुन २०७५ १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App