८ वैशाख २०८१ शनिबार
समाज

डा. गोविन्द केसीद्वारा अनशन स्थगित

काठमाडौं-  बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १२ दिन देखि जारी आमरण अनसन स्थगित गरेका छन्। आफुले सत्याग्रह जारी राख्दा नेपाली जनताको दसैं खल्लो हुने अवस्था आएको भन्दै उनले अनशन स्थगित गरेका हुन्। उनले दसैं सकिए लगत्तै अनशन सुरु गर्ने बताएका छन्।  १२ औं दिन सम्म सरकारले उनका माग पुरा गर्न कुनै पहल नगरेपछि केसीले त्रिवि उप-कुलपतिको बर्खास्तिको माग समेत थपेका छन्।

उनले अवको अनसनमा ज्यानको बाजी लगाएर उपलब्धि ल्याइ छोड्ने अन्यथा मृत्युको प्रवाह नगर्ने बताए। चिकित्शाशास्त्र अध्यान संस्थानको डिन नियुक्तिमा स्वास्थमन्त्री गगन थापाको पहलमा शिक्षामन्त्री डिआर पौडेललाई सहमत गराउन राती अवेर सम्म प्रयास भए पनि सफल हुन सकेन। डिन नियुक्तिमा उप-कुलपति तिर्थ खनिया सहमत भएका थिएनन्। सो खबर पाए लगत्तै केसीले सुधार प्रयासमा वाधक भएको आरोप लगाउँदै खनियालाई खर्खास्तिको माग गरेका हुन्।

 

 

प्रकाशित: २१ आश्विन २०७३ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App