६ वैशाख २०८१ बिहीबार
समाज

प्रदेश ५ का पाँच एनसेल र एक एनटीसी टावरमा क्षति

बुटवल— गएराती प्रदेशका ५ जिल्लामा रहेका एनसेल टावरमा अज्ञात समूहले बम बिष्फोट तथा आगजनी गरेको छ। प्रदेशका ५ वटा जिल्लामा रहेका एनसेलका ५ र एनटीसीको एउटा  टावरमा बम बिष्फोट तथा आगलागी गरी क्षती पुर्याइएको हो।

रुपन्देही,कपिलबस्तु, रोल्पा, बाँके, र प्युठानमा रहेका एनसेल र एउटा एनटीसी टावरमा आगजनी तथा बम विष्फोट गराइएको हो। अज्ञात समूहले रोल्पामा एनटीसीको टावरमा पनि बम बिष्फोट गराएको छ। रोल्पाको सुनिल स्मृती गाउँपालिकाको रुईनिवाङमा रहेको नेपाल टेलिकमको टावर र सोहि गाउँपालिकाको गजुलमा रहेको एनसेल टावरमा बिस्फोट भएको हो। रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काले बम बिस्फोट भएको पुष्टि गरे। ‘पूर्वी रोल्पाको रुईनिवाङ बजार नजिक रहेको एनटिसिको टावर र गजुलमा रहेको एनसेल टावरमा बिस्फोट भएको हो।’ एनसेल टावर नजिकै रहेको एनटीसी टावरलाई एनसेलको ठानी बिस्फोट गराइएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। बिस्फोटबाट टावरमा रहेका ब्याट्रि,तार लगायतका सामाग्रिहरुमा क्षति पुगेको छ। रोल्पामा बम बिष्फोट गराइएपनि अन्य जिल्लामा भने टावरमा मट्टीतेल छर्केर आगो लगाइएको प्रदेश प्रहरी कार्यालय दाङ्गका एसएसपी नरबहादुर खत्रीले बताए। शुक्रबार राती करिब ११ बजेको समयमा रुपन्देहीको गैडहवा गाँउपालिका ३ सुर्यपुरामा रहेको एनसेल टावरमा पनि आगलागी गरेको छ। रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाका अनुसार एनसेलको कनेक्सन तोडेर तारमा आगलागी गरीएको थियो।

कपिलबस्तुको बाणगंगा नगरपालिका ११ मैनहवामा रहेको टावरमा आगो लगाइ क्षती पुर्याइएको छ। त्यस्तै  बाँकेको कोहलपुर नगरपालिका १५ को चण्डवामा र प्युठानको स्वर्गद्धारी नगरपालिका ३ को थानडाँडामा रहेको एनसेल टावरमा आगजनी गरी क्षती पुर्याइएको छ। शुक्रबार राती ११ बजेदेखि शनिबार बिहान ३ बजे भित्रको समयमा प्रदेशका ५ जिल्लाका ती टावरमा आगजनी तथा बम बिष्फोट गराइएको प्रदेश प्रहरी कार्यालय दाङ्गका बरिष्ठ प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए। टावरको तारमा बढी क्षती भएपनि एकिन विवरण आइनसकेको उनले बताए। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र केही जिल्लामा शंकास्पद व्यक्तिहरुमा माथि प्रहरीले अनुसन्धान सुरु गरीसककेको एसएसपी खत्रीले बताए।

प्रकाशित: ११ फाल्गुन २०७५ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App