coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा आगलागीबाट ५ घर जले

उदयपुर– उदयपुरमा शनिबार दिउँसो भएको आगलागीबाट ५ घर नष्ट भएका छन्।  जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारको डुम्रेमा भएको आगलागीमा परी लहरै रहेका गाउँका ५ घर र उनीहरुका थप ७वटा बस्तु बाँध्ने गोठ र मतान नष्ट भएको गाउँपालिकाले जनाएको छ।

आगलागीबाट स्थानीय कमल कार्की, ज्ञानेन्द्र कार्की, राजेन्द्र कार्की, विदुर कार्की र दीपक कार्कीको घर तथा गोठ जलेका हुन्। घट्नास्थलमै रहेकी गाउँपालिका उपाध्यक्ष कुमारी आले ठकुरीले बताएअनुसार दिउँसो १ः०० बजेतिर कमल कार्कीको घरबाट सल्केको आगो एक्कासि छिमेकीहरुको घरबाट फैलिएको थियो। आगो एक घण्टाभित्रै फैलिएर ५ वटा घर र गोठ जलेको थियो।

आगलागीले काठबाट बनेको खरको छानो भएको घर, गोठ र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा सुनचाँदी र महत्वपूर्ण कागजात जलेका छन्। 

उपाध्यक्ष ठकुरीका अनुसार प्रत्येक घरमा न्यूनतम १० लाखभन्दा बढीको क्षति भएको छ। गोठ र त्यहाँ भएका चौपाया जलेका छन्। तर, आगलागीबाट यति क्षति भयो भन्ने यकिन जानकारी आइनसकेको उपाध्यक्ष आलेले जनाइन्। 

प्रकाशित: ११ फाल्गुन २०७५ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App