coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माझी गाउँमा दसैँ मनाउँदै सांसद

तम्घास (गुल्मी)-  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले गुल्मीको खोला तथा नदी किनारमा बस्दै आएका माझी समुदायसँग यसपालीको दसैँ मनाउने भएका छन्।  

बलिथुमलाई मुख्य थलो बनाएर बसेका सिमान्तकृत माझी समुदायसँग उनले दसैँ मनाउन लागेका हुन्। ७३ घरपरिवार माझीसँग यसपालीको दसैँ मनाउनका लागि आफू काठमाडौँबाट गुल्मी आइपुगेको भण्डारीले बताए। “७३ परिवारमा ३७३ माझी छन्, यसपालीको दसैँ उनीहरूसँगै मनाउँछु”– उनले भने, “राजनीति भनेको अभिभावकत्व पनि त हो नि।”

हुँगाका स्थायी बासिन्दा भण्डारीले यसपाली आफू घर नजाने र माझी समुदायसँगै बसेर दसैँ मनाउने मनसाय बनाएका हुन्। “मेरा बाबु आमाका अरु छोराछोरी पनि छन्, तर उनीहरुका कोही छैनन्”– “त्यसैले यसपटक उनीहरूसँगै दसैँ मनाउछु ।” सांसद भण्डारीले माझी गाउँमै बसेर टीकाटालो गर्ने, दक्षिणा दिने, खानपिन गराउने कार्यक्रम रहेको बताए।

भण्डारीले उक्त समुदायलाई विगतदेखि नै सहयोग गर्दै आएका छन्। भण्डारीले आफूले पाउने तलबबाट उक्त गाउँका स्कुले विद्यार्थीलाई कापी, कलम र पोसाक लगायतका सामग्रीसमेत उपलब्ध गराउँदै आइरहेका छन्। रासस

 

प्रकाशित: २१ आश्विन २०७३ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App