८ वैशाख २०८१ शनिबार
समाज

शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख घुस माग्ने पक्राउ

कपिलवस्तु – यशोधरा गाउपालिका–३ स्थित वसन्तपुर मावि व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे एक लाख घुस रकमसहित शनिबार बिहान तौलिहवबाट पक्राउ परेका छन्।

अख्तियारले चौबेलाई रेसुंगा होटमा रंगेहात समातेको हो। मावि शिक्षकमा पदपूर्ति गरिदिने भन्दै उनले आवेदकसँग उक्त घुस लिएका हुन्। घुस दिएको केही समयमै अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएका टोलीले चौबेलाई रकमसहित पक्राउ गरेको हो।

अखियतार बुटवलका प्रहरी निरीक्षक ऋषिराज ढकालले आफूहरुले सेवाग्राहीलाई दिएको रकम चौबेबाट फेला पारेको जानकारी दिए। विद्यालयमा अनुदानमा आएको मावि कोटामा विज्ञान र अंग्रेजी विषयका शिक्षकको आह्वान गरिएको थियो।

शिक्षक पदमा नियुक्ति दिने ग्योरेन्टी दिएर चौबेले उक्त घुस रकम मागेका र पैसा दिएपछि आफूले अख्तियारमा उजुरी गरेको ती आवेदकले नागरिकसँग बताए।

पक्राउ परेका चौबेलाई अख्तियार कार्यालय बुटवल लगेको छ। प्राप्त नोटमध्ये ३ वटा हजारका रहेका छन्। अनुसन्धान र नमुना परीक्षणका लागि ती पैसा अख्तियार केन्द्रमा पठाइने प्रहरी निरीक्षक ढकालले बताए।

प्रकाशित: ११ फाल्गुन २०७५ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App