७ वैशाख २०८१ शुक्रबार
समाज

जाजरकोटमा एनसेल टावरको सुरक्षाको लागि प्रहरी परिचालन

जाजरकोट- अज्ञात समूहले  गए राति एनसेल टावरमा आगजनी गरेपछि जाजरकोटका सवै एनसेल टावरको सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ। गए राति ११ वजे नलगाड नगरपालिका वडा नम्वर १ जुरेलीको लेकमा रहेको एनसेलको टावरका केहि सामाग्रीहरुमा  अज्ञात व्यक्तिहरुले आगो  लगाएपछि प्रहरीले  जिल्लाका ६ वटै  टावरहरुमा सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख श्यामलाल खत्रीले बताए।  अज्ञात समूहले लगाएको आगो स्थानीयले निभाएका थिए।

प्रहरीले   शनिबार विहानैदेखि जिल्लाका सवै स्थानमा रहेका  एनसेल टावरको सुरक्षा गरिहेको  उनले बताए। डिएसपी खत्रीले  जुरेलीको  टावरको  जमिनमा राखिएको  सामाग्रीमा आगो लागेको र  सोलार पाता तोडफोड भएको  बताए।  टावरमा आगो लगाउनेको खोजी भइरहेको प्रहरी प्रमुख खत्रीले बताए।  घटना पछि जिल्लामा रहेको  नेपाल टेलिकम लगाएतका टेलिफोन तथा अन्य टावरको सुरक्षामा विशेष ध्यान दिइएको  प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

प्रकाशित: ११ फाल्गुन २०७५ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App