७ वैशाख २०८१ शुक्रबार
कला

पाकिस्तानमा भारतीय फिल्ममाथि प्रतिबन्ध

मुम्बई– काश्मिरको पुलवामा घटनाले भारत र पाकिस्तानको सम्बन्धमा बिग्रिँदै गएको छ। यसको असर कला क्षेत्रमा पनि परेको छ। घटनालगत्तै भारतले पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न प्रतिबन्ध लगायो। काम गरिरहेका धेरै कलाकार बेरोजगार हुन पुगे। यसको जवाफमा पाकिस्तानले पनि बलिउड फिल्ममाथि प्रतिबन्ध लगाएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खानको प्रोडक्शनमा निर्माण भइरहेको फिल्म नोटबुकलाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ। यो फिल्ममा पाकिस्तानी गायक आतिफ असलमको गीत थियो, जसलाई हटाइएको छ। अहिले प्रदर्शनरत अजय देवगनको ‘टोटल धमाल’ पनि प्रतिबन्ध लगाइएको छ।  

प्रकाशित: ११ फाल्गुन २०७५ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App