कोमामा सार्क, के गर्छ नेपाल?

शनिबार, ११ फागुन २०७५, १२ : १३ लक्ष्मण श्रेष्ठ

काठमाडौं- भारत प्रशासित कश्मिरको पुलवामामा गत फागुन २ गते भारतीय सेनामाथि आत्मघाती आक्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्य थप अन्यौलमा परेको छ। अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरूले दुई छिमेकीबीच विवाद बढ्दै जाँदा सार्कको भविष्य कोमामा पुगेको टिप्पणी गर्न थालेका छन्।

वार्सा विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा अध्ययनका प्राध्यापक मनिश थापाको बुझाइमा दुई छिमेकीबीच द्वेष बढ्दै जाँदा सार्कको प्रभावकारीतामा प्रश्न उठेको छ।  

त्रिभुवनविश्व विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक कार्यक्रमका प्रमुख सह-प्राध्यापक खड्ग केसी भने विश्वव्यापी रूपमै सार्कजस्ता क्षेत्रीय संगठनको महत्त्व कमजोर हुँदै गएको विश्लेषण गर्छन्। ‘संसारभरी नै क्षेत्रीय र बहुपक्षीय मञ्चहरू कमजोर हुँदै गईरहेछन्’ केसी भन्छन्।

सन् १९८५ (२०४२) सालमा स्थापना भएको यो क्षेत्रीय संगठन अनेकन् उतारचढावकाबीच अघि बढेको छ। र, यसको भविष्यमा हरेकपटक प्रश्न उठाउने विषय भने भारत-पाकिस्तान तनाव नै हुने गरेको छ। हरेक सार्क सम्मेलनमा भारत र पाकिस्तानका प्रधानमन्त्रीले हात मिलाएको समाचारले सम्लेनको भन्दा बढी चर्चा बटुल्ने गर्छ। हरेक शिखर सम्मलेनमा पर्खाइको विषय बन्ने यो दृष्यले पनि धेरै कुरा बुझाउँछ। खासगरी भारतले पाकिस्तानलाई लगाउने आतंकवादलाई प्रश्रय दिएको आरोप र पाकिस्तानले भारतलाई लगाउने अनावश्यक शंका र हस्तक्षेपको आरोपबीच सार्कको भविष्य सधैँ धुमिल हुँदै आएको छ। पछिल्लो आतंकवादी हमलामा पनि भारतले पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ।

सन् १९८५ (२०४२) सालमा स्थापना भएको यो क्षेत्रीय संगठन अनेकन् उतारचढावकाबीच अघि बढेको छ। र, यसको भविष्यमा हरेकपटक प्रश्न उठाउने विषय भने भारत-पाकिस्तान तनाव नै हुने गरेको छ। हरेक सार्क सम्मेलनमा भारत र पाकिस्तानका प्रधानमन्त्रीले हात मिलाएको समाचारले सम्लेनको भन्दा बढी चर्चा बटुल्ने गर्छ।

पाकिस्तानप्रति भारतको संशय बाँकी रहँदासम्म सार्कलाई अगाडि बढाउने सोचमा भारत देखिँदैन। यो मानसकिता त्यहाँका बुद्धिजीविमा पनि देखिन्छ। जवाहरलाल नेहरू विश्वविद्यालय सेन्टर फर चाइनिज एन्ड साउथ इस्ट एसियन स्टडिजकी सह- प्राध्यापक गीता कोचर प्रश्न गर्छिन्, ‘जबसम्म एक देशले अर्को देशमा विध्वंस गर्ने प्रयास गरिरहन्छ तबसम्म बहुपक्षीय संस्था हुनुको अर्थ नै के हुन्छ?’

पाकिस्तानले भने भारतले लगाउने आरोप निराधार हुने गरेको दाबी गर्दै आएको छ। पछिल्लो आक्रमणमा पनि भारतले लगाएजस्तो पाकिस्तानको कुनै पनि भूमिका नभएको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दाबी गरेका छन्।

‘पाकिस्तान स्थिरतातिर गईरहेछ, कोही कसैलाई आक्रमण गर्दा हामीलाई के नै फाईदा हुन्छ र?’ हालै सम्बोधन गर्दै खानले भनेका छन्, ‘आतंकवादको सबैभन्दा बढी मार खप्ने पाकिस्तान हो। यसविरूद्ध भारतसँग मिलेर काम गर्न तयार छौं।’

पाकिस्तानको यो दावी हुँदाहुँदै पनि भारतले भने पाकिस्तानले ‘राज्य प्रायोजित आतंकवाद’ चलाइरहेको दावी गर्दै आएको छ। भारतको यस्तो दावीको पछाडि धेरै हदसम्म त्यहाँको घरेलु राजनीतिले पनि काम गरेको छ। पाकिस्तान र क्रिकेट भारतको लागि सधैँभरी बिकाउ विषय हो। पाकिस्तानविरोधी राष्ट्रियता भारतमा हावी छ। भारतमा निर्वाचन नजिकिँदै गरेकाले पनि पाकिस्तानविरोधी भावना बढी बिकाउ भएको छ।

 सार्क किन कमजोर?

पछिल्लोपटक सार्कको भविष्य अन्यौलमा परेको १८ औं शिखर सम्मेलनपछि हो। सन् २०१४ नोभेम्बरमा सार्कको १८ औं शिखर सम्मेलन काठमाडौंमा भएको थियो। उक्त सम्मेलनपछि सार्कको प्रावधान अनुसार नेपाल अध्यक्ष भयो। १९ औं सम्मेलन पाकिस्तानमा आयोजना हुने निर्णय गर्दै उक्त सम्मेलन टुंगिएको थियो।

 तोकिए अनुसार सार्कको १९औं शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा भइसक्नुपर्ने थियो। तर, सोही साल भारतको पन्जाबको पठानकोट र कश्मिरको उरीमा भारतीय सेनामाथि भएको आक्रमणले सार्क शिखर सम्मेलनलाई अन्यौलमा पारिदियो।

भारतले यो आतंकवादी आक्रमणपछाडि पाकिस्तानको हात रहेको आरोप लगायो। भारतीय प्रम मोदीले सन् २०१७ मा हुने भनि निश्चित गरिएको सार्क सम्मेलनमा भाग लिन अस्वीकार गरे। सार्कको प्रावधान अनुसार कुनै एक देशका प्रमुख अनुपस्थित हुनासाथ शिखर सम्मेलन स्थगित हुन्छ। भारतीय प्रम मोदीले इस्लामावादमा हुने सम्मेलनमा सहभागित नजनाउने बताएसँगै १९ औं सम्मेलन अनिश्चित हुनपुग्यो। त्यसयता सार्क शिखर सम्मेलनको नयाँ तिथीमितीबारे कुनै टुंगो लागेको छैन।

यी घटनाले सार्कको भविष्य पछिल्लो पटक अन्यौलमा पर्दै आएको हो। तर, सार्क कमजोर हुनुका यति मात्र कारण छैनन्। यी देखिने निहुँ भने अवश्य हुन्।

‘सार्क क्षेत्रीय संगठनको रूपमा जसरी विकास हुनुपर्थ्यो त्यसरी हुनै सकेको छैन’, थापाको टिप्पणी छ। भन्छन्, ‘तीस वर्षदेखि सार्क सधैँ अन्यौलमा अघि बढेको छ जबकि यही बीचमा यस्तै प्रकारको अर्को क्षेत्रीय संगठन अफ्रिकि युनियन निकै बलियो बनेको छ।’ अफ्रिकी युनियन वर्तमान विश्वमै सबैभन्दा बलियो क्षेत्रीय संगठनको रूपमा लिइन्छ।

सार्क कमजोर हुनुमा भारतकै बढी हात रहेको विश्लेषकहरूको दावी छ। नेपाली सेनाका पूर्व प्रवत्ता एवं सुरक्षा मामिलाका जानकार उमेश भट्टराई भन्छन्, ‘सार्कको विषयमा भारत पहिलेदेखि नै अनिच्छुक छ। उसले सार्कलाई आफू अनुकुल ठान्दैन।’

सार्कलाई प्रभावकारी बनाउन भारत जति अनिच्छुक छ, त्यति नै कमजोर छ अन्य देशको भूमिका पनि। ‘सार्कलाई बलियो बनाउन भारतबाहेकका देशले मिलेर उसलाई नैतिक दबाब दिनसक्थे तर त्यसो गरेका छैनन्’, थापा भन्छन्।

 भूमिका खेल्ला नेपाल?

काठमाडौंमा १८ औं सम्मेलन हुँदैगर्दा मोदी र सरिफले हात मिलाउँदै गरेको दृश्य निकै चर्चित भएको थियो। दुईको बीचमा सुशील कोइराला उभिएका थिए। उनैको अग्रसरतामा यी दुई छिमेकी संवादमा गएको चर्चा पनि गरिएको थियो। तर त्यसपछिका वर्षमा नेपालले चर्चा गरिएजस्तो त्यस्तो कुनै भूमिका  प्रदर्शन गर्न सकेन।

संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधी शम्भुराम सिम्खडा यसलाई नेपालले ‘गुमाएको अवसर’ ठान्छन्। ‘यो समयमा सार्क अध्यक्षका हैसियतले नेपालले यस क्षेत्रमा शान्ति स्थापना र द्वन्द्व समाधानमा भूमिका खेलेको भए अहिले पनि प्रभावकारी प्रयास गर्न सक्थ्यो’, सिम्खडाको ठहर छ।

द्वन्द्व नमच्चिसकेको शान्तिपूर्ण समयमा भूमिका खेल्न नसकेकाले अहिले नेपाललाई विश्वास गर्न सक्ने वातावरण नबनेको उनी ठान्छन्। प्रश्न गर्छन्, ‘शान्तिपूर्ण समयमा भूमिका खेल्न सकेनौं, अहिले कसले पत्याउँछ?’

प्राध्यापक थापा भने अहिलेको तनावपूर्ण स्थितिलाई नेपालले उपयोग गर्न सक्ने ठान्छन्। ‘यो (पुलवामा) घटना सार्कलाई भाइब्रेन्ट गराउने मौका हो’, उनी भन्छन्, ‘भारत र पाकिस्तानबीच वार्ता गराउन नेपालले नैतिक दबाब सिर्जना गर्नसक्छ।’

नेपालले अहिले भारत र पाकिस्तानको भ्रमणमा परराष्ट्रमन्त्रीलाई पठाएर सकारात्मक पहल थाल्नुपर्ने थापाको सुझाव छ।

प्राध्यापक केसी भने नेपालको प्रयास प्रभावकारी हुनेमा खासै आशावादी छैनन्। ‘भारत र पाकिस्तानको विषयमा त नेपाल प्रवेश गर्नै सक्दैन’, केसीको विश्लेषण छ, ‘नेपालले धेरै ठूलो भूमिका खेल्न सक्नेमा म विश्वस्त छैन। हाम्रा पनि सीमा छन्।’

‘क्षेत्रीय मञ्चबाट सौहार्द्रता निर्माण गरौं भनेर कुटनीतिक पहल गर्दा राम्रै हुन्छ। यसको प्रभावकारीतामा भने बढी आशा गर्न सकिँदैन’, केसी भन्छन्।

यी समस्याका बावजुद सार्कले केही उपलब्धि भने हासिल गरेको छ। दक्षिण एसियाली विश्वविद्यालय, सार्क क्षयरोग तथा एचआइभी/एड्स केन्द्र, सार्क सांस्कृतिक केन्द्र, सार्क प्रकोप व्यवस्थापन केन्द्र लगायतका संस्थाहरूको स्थापना महत्त्वपूर्ण उपलब्धी हुन्।

दक्षिण एसियाली देशमा व्याप्त गरिबी उन्मुलन गर्न र सामुहिक रूपमा विकासमा जाने परिकल्पना सहित निर्माण गरिएको सार्क यस क्षेत्रका साना देशका लागि आफ्ना अजेन्डा स्थापित गर्ने मञ्च पनि हो।

‘हाम्रो कुरा सुनाउन पनि यो मञ्च राखिरहनुपर्छ’, केसी भन्छन्। तर ठूला देशको विवादको कारण सार्कको भविष्य अन्यौलमा पुगेको भने सत्य हो। पछिल्लो चार वर्षदेखि त यो संस्था कोमामै पुगेको छ भन्दा अतिरञ्जना अवश्य हुँदैन।

अर्कोतर्फ भारत भने सार्कको विकल्पको रूपमा बिमस्टेकलाई अगाडि सारिरहेको छ। तर, पाकिस्तानलाई बेवास्ता गरेर यो क्षेत्रमा शान्ति स्थापना हुने सम्भावना नरहेको विश्लेषकहरूको ठहर छ। ‘दक्षिण एसियामा पाकिस्तानलाई बेवास्ता गरेर शान्ति स्थापना हुँदैन’, भट्टराई भन्छन्।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad