coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ललितपुरको बम विस्फोटले लियो नयाँ मोड, आफन्तद्वारा क्षतिपूर्तिकाे माग

काठमाडाैँ - ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि भएको बम विस्फोट परी घाइते भएका सिंह प्रताप गुरुङको मृत्यु भएपछि घटनाले नयाँ माेड लिएकाे छ।

मृतकका आफन्तले सरकारद्वारा क्षतिपूर्ति उपलब्ध नगराएसम्म लाश नउठाउने बताएपछि घटनाले नयाँ माेड लिएकाे हाे। गुरुङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएकाे छ।

शुक्रबार राति बम बिष्फोट हुँदा गुरुङसहित प्रतिक्षा खड्का र  अरूषा मनान्धर पनि घाइते भएकी थिइन्। शुक्रबार राति नै कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम पनि नेपाली सेनाको टोलीले निष्कृय पारेको थियाे।

प्रकाशित: ११ फाल्गुन २०७५ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App