८ वैशाख २०८१ शनिबार
खेल

शेर्पाको जितमा गुरुङको निर्णायक गोल

धरानविरुद्ध डाईभिङ हेड गर्दै हिमालयन शेर्पाका खेलाडी त्रिदेव गुरुङ। तस्बिर उमेश पुन/नागरिक

पोखरा – १२ घण्टाको यात्रालाई राम्ररी थकान मेटन नपाउँदै हिमालयन शेर्पाले धरान फुटबल क्लबको पोखरा बसाईलाई एकदिन नबित्दै छोट्याईदिएको छ। सहारा क्लबको आयोजनामा शुुक्रबार प्रिक्र्वाटर खेलमा धरान फुटबल क्लबलाई १–० गोलले पन्छाउँदै शेर्पाले आफ्नो पोखरा यात्रालाई केहीदिन लम्ब्यायो। 

हिमालयन शेर्पाले निर्णायक गोल गर्न एक घण्टा बढीको समय लगायो। ७८ मिनेटमा प्याट्रिक प्रिभाट गोहाको क्रस बलमा डिफेन्सले क्लियर गर्न नभेटेको ‘वान ड्रप’ पछि आएको लो एङ्गल बललाई त्रिदेव गुरुङले डाईभ हेड गर्दै गरेको गोल निर्णायक बनेको हो। जुन गोलले शेर्पालाई खुशीयाली दिलाउने पर्याप्त रह्यो। प्याट्रिक प्रिभाट गोहाले मिलाईदिएको पासलाई गुरुङले उत्कृष्ठ डाईभिङ हेड गर्दै गोल गरेपछि धराने क्लबले पोखरा यात्रालाई विट मार्न पुग्यो। 

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जन गरे पनि सफल हुन सकेनन्। यस अघि १० औं मिनेटमा हिमालयनका लागि कमल थापाले प्रहार गरेको कर्नर बल धरानका गोलकिपर विनय श्रेष्ठले पन्च गर्दै क्लियर गरिदिँदा अग्रता लिने मौका गुमाएको थियो। 

दोस्रो हाफमा भने खेल केही रोमाञ्चक बन्यो। आक्रामक रणनीतिका साथ दोस्रो हाफमा मैदान उत्रिएका दुवै टोलीले केही राम्रा अवसर गरे पनि गोल भने हिमालयन शेर्पाले ७६ औं मिनेटमा त्रिदेव गुरुङको गोलबाट अग्रता लियो। कप्तान मान बहादुर तामाङले उपलब्ध गराएको पासलाई त्रिदेभले जाली चुमाउन सफल भएका थिए।

यस अघि ५८ औं मिनेटमा धरानको कर्नर प्रहारलाई हिमालयनका गोलकिपर विफल पारे। ७६ औं मिनेटको गोल पछि परेको धरान खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र पोखरा बसाईलाई टुङ्गाएको हो। 

८० औं मिनेटमा विश्वास श्रेष्ठले दिएको पासलाई पुर्ण गुरुङले फ्लिक गरेको बललाई गोलकिपरले पन्च गर्दै विफल पारे। 

‘पहिलो हाफ खासै प्रभावकारी हुन सकेन्। तर दोस्रो हाफ भने हामीले सुधारिएको खेल प्रस्तुत गर्यौं। स्कोर निकाल्न सकेनौं।’ धरानका फुटबल क्लबका प्रशिक्षका सागर घिमिरेले भने। 

हिमालयन शेर्पाका प्रशिक्षक सुबास लिम्बुले पोखराको मैदानमा शुक्रबार आफुले सोचेजस्तो खेल खेलाडीले खेल्न नसकेको स्वीकारे। ‘खेल सन्तोषजनक रहेन्। तर जित निकाल्यो। त्यो नै उपलब्धी हो,’ प्रशिक्षक लिम्बुले भने, ‘अर्को खेलमा अझ प्रभावकारी प्रदर्शन गर्ने विश्वास छ।’

प्रतियोगितामा शनिबार मनाङ मर्स्याङ्दी क्लबले सहारा क्लबलाई पराजित गरेको विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: ११ फाल्गुन २०७५ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App