चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच भेटवार्ता

शुक्रबार, १० फागुन २०७५, २० : ५० एजेन्सी

बेइजिङ- साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गरेका छन्। पत्रकार जमाल खशोग्जीको हत्याको आरोप लागेपछि विवादमा परेका युवराज सलमानले दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने क्रममा चीन आइपुगेका हुन्। उनी बिहीबार चीनको राजधानी बेइजिङ आइपुगेकाे समाचारमा जनाइएको छ। यसअघि उनले पाकिस्तान र भारतको भ्रमण गरिसकेका छन्। 

सलमान र सीबीचमा केही महत्वपूर्ण सम्झौताहरुसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन्। युवराज सलमानले चिनियाँ उपप्रधानमन्त्री हान झेङलाई भने शुक्रबार विहानै भेटेका थिए। 

“साउदी युवराजको त्यस क्षेत्रको भ्रमणले पूवी क्षेत्रलाई उहाँले प्राथमिकतामा राख्नु भएको छ भन्ने संकेत गर्दछ,” अरब मामिलाका एक जना विश्लेषक नाजाहाल ओताइबीले एएफपीसँग भने। 

साउदी राजपरिवारका कटु आलोचक पत्रकार खशोग्जीको गत अक्टोबरमा इस्तानबुलस्थित साउदी कन्सुलेटमा हत्या भएको थियो। सो हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको धेरैले आरोप लगाउदै आएका छन्। तर साउदी राजपरिवारले भने आरोपको खण्डन गरेको छ। 

खशोग्जीको हत्या प्रकरणलाई लिएर अमेरिका लगायतका देशहरुले साउदी अरबका विरुद्धमा विश्वव्यापी रुपमा साउदी अरवलाई एक्ल्याउने र आलोचना गर्ने प्रयास गरेका छन्। अमेरिका पक्षधर देशहरुले यस्तो प्रयास गरिरहेका बेला राजकुमार सलमानले अमेरिकाको प्रतिस्पर्धी मानिने चीनको भ्रमण गर्नुलाई कुटनीतिक क्षेत्रमा अर्थपूर्ण रुपमा हेरिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad