काठमाडाैं - नेपालका २० जना नेपाली किसान तथा कृषि विशेषज्ञकाे टाेलीले भारतमा तालिम लिइरहेका छन्। ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ को एक हिस्साको रुपमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोश्रो टोलीले भारतको गाजियाबादस्थित नेशनल सेन्टर अफ अर्गानिक फार्मिङमा माघ १८ देखि फाल्गुण १८ गते सम्म सञ्चालन हुने एक महिने तालिम लिइरहेका हुन्। यस अघि २० नेपाली सहभागीहरुको टोलीले २०७५ कार्तिक २९ देखि मङ्सिर २८ सम्म सञ्चालन भएको तालिम सफलतापूर्वक पूरा गरेका थिए।
प्रकाशित: १० फाल्गुन २०७५ १३:४८ शुक्रबार