coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वीर अस्पतालको लिफ्ट चुडिँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं– वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा २ जनाको मृत्यु भएको छ। गम्भीर घाइते एक जनाको उपचार भइरहेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बिहीबार राती ८ बजेतिर सामान माथि लैजाने क्रममा लिफ्ट चुडिएर तल खसेका सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरीको मृत्यु भएको हो। सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन्। उनको वीर अस्पतालमै उपचार भइरहेको छ। 

मृतक र घाइते तीनै जना मजदुर हुन। उनीहरुको ठेकेदारले बीमा गरेकाले विवाद नभएको र कुनै जाहेरी पनि नआएको डिएसपी बोगटीले बताए। 

प्रकाशित: १० फाल्गुन २०७५ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App