नोवल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति सान्तोसलाई

शुक्रबार, २१ असोज २०७३, १६ : ४९ नागरिक

ओस्लो —यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसलाई प्रदान गरिएको छ।

सान्तोसलाई कोलम्बियाको बिद्रोही दि रिभुलोस्नरी आर्म फोर्स अफ कोलम्बिया फार्कसँग गत महिना भएको शान्ती सम्झौतामा उल्लेख्य योगदान गर्दै देशमा जारी गृहयुद्ध अन्त्य  गरेको भन्दै शान्ती पुरस्कार प्रदान गरिएको बताइएको छ।

 चारवर्ष लामो प्रयासपछि  कोलम्बियाली सरकार र विद्रोही समूह फार्कबीच गत महिन भएको शान्ति सम्झौतासंगै विगत ५२ वर्ष गुहयुद्धको अन्त्य भएको थियो। कोलम्बियामा ५२ वर्ष चलेको गृहयुद्धलाई संसारकै अहिलेसम्मकै  लामो गृहयुद्धको रुपमा लिइन्छ। उक्त गृहयुद्धमा परि  २ लाख ६० हजार नागरिकले ज्यान गुमाउनुका साथै ६ कारोड भन्दा बढी मानिस विस्तापीत भएका थिए।

तर कोलम्बियाको सरकार र फार्क समूहबीच  भएको शान्ति सम्झौताको भने कोलम्बियाली जनाताले गत हप्ता जनमतसंग्रहबाट झिनो मतबाट अस्विकार गरिदिएका थिए। जनमत संग्रहमा शान्ति सम्झौताको विपक्षमा ५०.२ प्रतिशत  मत खसेको थियो।

राष्ट्रपति सान्तोसले आफुले जनमतसंग्रहबाट आएको मतको सम्मान गर्ने बताउँदै शान्तिका लागि लडिरहने बताएका थिए।

सान्तोसको जन्म  सन् १९५०  अगस्ट १० मा बोगाटामा भएको थियो । उनी प्रथम पटक सन् २०१० मा कोलम्बियाको राष्ट्रपतिका रुपमा निर्वाचीत भएका थिए  । त्यस्तै उनी सन् २०१४ मा पुन कोलम्बियाको राष्ट्रपतिको रुपमा निर्वाचीत भएका थिए।

 







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...