coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

५ देशका मूर्तिकार मोरङमा, पार्क निर्माणमा व्यवसायी पुरीको १५ लाख सहयोग

मोरङ- ३३ बिगाहा जग्गामा फैलिएको मोरङ बेलबारीको सिर्जना पार्कलाई कलात्मक र अन्तर्राष्ट्रिय स्तरको पार्क निर्माण गर्ने गृहकार्य अघि बढेको छ। पार्कलाई कलात्मक बनाउन विभिन्न ६ देशका ३० जना मूर्तिकारहरु फागुन ४ गते देखि ढुंगालाई मुर्तिको रुप दिन व्यस्त छन्।
 
करिव ५० वटा मूर्तिहरु निर्माण गरिने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आगामी फागुन २१ सम्म चल्ने आयोजक धन आर्ट स्टुडियोले जनाएको छ। कार्यशालामा राखिने मूर्ति निर्माणका लागि ६ देशका ३० जना मूर्तिकार यतिबेला बेलबारीमा रहेको सिर्जना पार्कमा धमाधम मूर्ति निर्माण गरिरहेका छन्। धनु आर्ट स्टुडियो तथा बेलबारी नगरपालिकाको आयोजनामा संचालित मूर्तिकला कार्यशालामा भारत, बंगलादेश,श्रीलंका, जापान, जर्मनी र इटालीका मूर्तिकारले विभिन्न कलात्मक मूर्ति निर्माण गरिरहेको आयोजकले जनाएको छ। ढुंगे पार्कका रूपमा निर्माण भइरहेको सो पार्कमा पर्यटकलाई आकर्षित गर्न पहिलो चरणमा मूर्तिहरू बनाउने काम भएको आयोजकको भनाइ छ।


पार्कको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले पर्यटकीय क्षेत्रको विकास नगरपालिकाको पहिलो प्राथमिकता भएको बताए। कार्याशालाको समापन फागुन २१ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले गर्दैछन्।
 
पार्क निर्माणमा पुरीको सहयोग 
त्यस्तै मूर्तिकला कार्यशाला भइरहेको सिर्जना पार्क निर्माणका लागि उद्योगी/व्यवसायी रघु पुरीले १५ लाख आर्थिक सहयोग गरेका छन्। सिर्जना सामुदायिक वन क्षेत्र भित्र ३३ बिगाहा क्षेत्रफलमा निर्माण हुने पार्कको कुल लागत २ करोड रहेको र पाँच वर्षभित्र सम्पन्न हुने बताइएको छ। पार्कका संरक्षक समेत रहेका पुरीले राजनीतिक हिसाबले चिनिएको मोरङका ओझेलमा परेका कला र संस्कृति र पर्यटकीय गन्तव्यलाई उजागर गर्न मूर्तिकला महोत्सव आयोजना गर्न लागेको बताए। सिर्जना पार्कलाई अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउने संरक्षक पुरीको भनाइ छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App