८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणिकरण

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भइ आएका तीन विधेयकलाई प्रमाणिकरण गरेकी छन्। शुक्रबार राष्ट्रपति भण्डारीले प्रकाणिकरण गरेका विधेयकहरुमा राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतीको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी हुन्।

यसैबीच राष्ट्रपति भण्डारी र बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यानकेस्टरबीच भेटवार्ता भएकाे छ। भेटका अवसरमा दुइ देशबीचकाे सम्बन्ध, आपसी हित र चासाेका विषयमा कुराकानी भएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App