४ वैशाख २०८१ मंगलबार
राजनीति

सचिवालय बैठकद्वारा कार्यदल भंग

काठमाडाैँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लाे तहकाे एकता टुंगो लगाउन गठन गरेकाे कार्यदल भंग गरेको छ। सांगठनिक एकता टुंगो लगाउने उद्देश्यले केही साताअघि स्थायी समितिले गठन गरेको कार्यदल केन्द्रीय सचिवालयकाे बैठकले भंग गरेको हाे। एकता सम्बन्धी बाँकी काम अब पार्टी केन्द्रीय सचिवालयले गर्ने निर्णय भएकाे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनका अनुसार कार्यदल स्थायी समितिले बनाएकाले भंग गर्ने सचिवालयको निर्णय पनि स्थायी समितिबाट अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ। शुक्रबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेकाे थियाे। 

नेकपामा केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठन एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेको छैन ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत ३ जेठमा एकीकरण भएको थियाे। एकता घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्रै एकता टुंगो लगाउने बताएपनि नौ महिना बढी समय भइसक्दासमेत एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन्। अहिलेसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन्।  स्थायी समितिको १३ पुषको बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो।

प्रकाशित: १० फाल्गुन २०७५ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App