coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रशिक्षकसँग खेलाडीले हात नमिलाएपछि...

टुरुन—इटालीयन फुटबल फेडरेशनले स्ट्राइकर ग्रजिन्नो पेल्लेलाई राष्ट्रिय टोलीका प्रशिक्षक जियान पियरोसँग हात नमिलएको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ।  

इटालीयन फुटबल फेडरेशनले भनेको छ ‘ पेल्लेले खेलपछि प्रशिक्षक  पियरोसँग हात मिलाउन अस्विकार गरेका छन् जुन खेल भावना विपरीत हो त्यसैले उनलाई राष्ट्रिय टिमबाट फिर्ता पठाइएको छ।

फेडरेशनले पिल्लेलाई उनको व्यवसायीक फुटवल क्लव सानदोङ लुनेङमा फिर्ता पठाएको र उनले विश्वकप छनोट चरण अन्तर्गत आगामी आइतबार  मेसोडोनियाविरुद्धको हुने खेल गुमाउने बताएको छ।

विश्वकप छनोट चरण अन्तर्गत बिहीबार स्पेनविरुद्ध  १—१ गोलको बराबरीमा  सकिएको खेलको दोसो हाफमा सब्सिच्युट हुदै मैदान बाहिर निस्कने क्रममा पेल्लेले प्रशिक्षक पियरोसँग हात मिलाउन अस्विकार गरेका थिए।

पेल्लेले भने इन्स्ट्रग्राममा यस घटनाबारे माफी मागेका छन्। उनले इन्स्ट्रग्राममा लेखेका छन् ‘ मैले उक्त खेलपछि  गरेको कार्य स्विकार योग्य छैन फुटबल फेडरेशनको निर्णयको म सम्मान गर्दछु र यस घटनाको सम्पूर्ण  जिम्मा म लिन तयार छु।

प्रकाशित: २१ आश्विन २०७३ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App