महिला टी–२० विश्वकप छनोट : नेपालको दोस्रो जित, युएई ७ विकेटले पराजित

शुक्रबार, १० फागुन २०७५, ११ : ०७ नागरिक

काठमाडौं – आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। युएईले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

नेपालको जितमा कप्तान रुविना क्षेत्रीले नटआउट १८ र काजल श्रेष्ठले १५ रनको योगदान दिइन्। रुविनाले १७ बलमा २ चौंका र १ छक्का प्रहार गर्दा काजलले २५ बलमा २ चौका प्रहार गरेकी थिएन्। त्यस्तै सीता राना मगरले ६ रन जोड्दा अप्सरी बेगम शून्य रनमा आउट हुँदा रोमा थापा शून्य रनमै नटआउट रहिन्।

युएईका लागि इशा रोहितले ३ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिएर २ तथा कभिसा इगोदागेले १ ओभरमा ७ रन दिएर १ विकेट लिइन्।

यसअघि थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार बिहान टस जितेर पहिला ब्याटिङ गरेको युएईले १७.३ ओभरमा अलआउट हुँदै ४१ रनको सामान्य योगफल खडा गरेको थियो। युएईका लागि चामनी सेनेभिरत्नालेमात्र दोहोरो रन जोडिन्। उनले २९ बलमा १ चौंकाको मद्दतमा सर्वाधिक १३ रनको योगदान दिएकी थिइन्।

युएईका इशा रोहितले २, चाया मुग्हालले ३, कभिसा इगोदागेले ४, सुभा भेन्कातारामनले ३, कप्तान हुमेइरा तास्विनले १, नेहा शर्माले ६ र इशानी सेनेभिरत्नेले ४ रन जोडेकी थिइन्। उदेनी डोना, नमिता डि सोउजा र समेइरा धर्नीधर्का भने ० रनमा पवेलियन फर्किएका थिए।

युएईलाई सस्तैमा समेटन नेपालका लागि नेरी थापाले सर्वाधिक ४ विकेट दिइन्। ३.३ ओभर बलिङ गरेकी नेरीले १ मेडन ओभर गर्दै ६ रनमात्र दिएकी थिइन्। त्यस्तै सीता राना मगर, कविता कुँवर र सोनु खड्काले समान २–२ विकेट लिए।

पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने आयोजक थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो। नेपालले आफ्नो चौंथो खेलमा हङकङको सामना गर्नेछ। राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad