coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झुटो प्रतिवेदन बनाउने झाविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम लागत देखाई जग्गाको झुटो सर्वेक्षण बनाउने नापी सर्भेक्षक अमरकुमार झाविरुद्ध मुद्दा चलाएको छ। मालपोत कार्यालय इनरुवाका सर्भेयर झाले जग्गा किनबेच गर्दा लाग्ने राजस्वभन्दा २ लाख ९२ हजार ५ सय भन्दा कम राजश्व लिई लेखापढी व्यवसायीसमेतको मिलेमतोमा राजस्व छली गरेको खुलेपछि सो मुद्दा चलाइएको हो।

पद्मार कोलोनी प्रालिले खरिद गरी मालपोत कार्यालयमा नामसारी गर्दा सर्वेक्षक झाले बद्नियतपूर्वक वास्तविकता लुकाइछिपाई गलत प्रतिवेदन दिएको कारणबाट वास्तविक राजस्व २ लाख ९२ हजार ५ सय रुपैयाँ भन्दा कम राजस्व निर्धारण हुन गएको अख्तियारको भनाइ छ।

अख्तियारका अनुसार जग्गाधनी कुन्तादेवी श्रेष्ठ र जग्गा खरिदकर्ता पद्माा कोलोनी प्रालिका अध्यक्ष राजुप्रसाद कडँलले नापी सर्वेक्षक झासँग मिलेमतो गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा चलाएको छ।

जग्गा खरिदकर्ताले रजिस्ट्रेसन दस्तुरबापतको राजस्व १ लाख ८० हजार र बिक्रीकर्ता श्रेष्ठले पुँजीगत लाभकरबापतको राजस्व १ लाख १२ हजार ५ सय आपूmले लाभ लिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। उनका अनुसार दुवै पक्षलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।

प्रकाशित: १० फाल्गुन २०७५ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App