१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्राथमिक उपचार तालिम

दिक्तेलमा आयोजित निःशुल्क प्राथमिक उपचार तालिममका सहभागी। तस्बिर  दमन राई/नागरिक

खोटाङ – डिस्कोभरी रोयल स्पोर्टस कम्पनी युएईले खोटाङमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ। ग्रामीण क्षेत्रमा प्राथमिक उपचार तालिम प्राप्त स्वयंसेवक उत्पादन गर्दै प्राथमिक उपचा अभावमा अकालमा ज्यान गुमाइरहेका सर्वसाधारणको जीवनरक्षाका लागि दिक्तेलमा बिहीबार अन्तर्राष्ट्रिय स्तरको प्राथमिक उपचार तालिम सञ्चालन गरिएको हो।

डिस्कोभरी रोयल स्पोर्टस कम्पनीका प्रबन्ध निर्देशक तथा प्राथमिक उपचार तालिमसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त हाइफिलबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको तालिम लिएका चितवनका ओम उप्रेतीले २०७४ सालदेखि सुरु गरेको निःशुल्क प्राथमिक उपचार तालिम अभियानअन्तर्गत खोटाङमा एकदिने निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरिएको हो। जिल्ला समन्वय समितिको हलमा सञ्चालन गरिएको तालिममा ५० जनाको सहभागिता रहेको तालिम सहआयोजक खोटाङ सेवा समाज युएईका प्रतिनिधि सञ्जिव केसीले बताए।

पूर्वी पहाडका १० जिल्लामा सञ्चालन हुने प्राथमिक उपचार तालिम ओखलढुंगाबाट भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ हुँदै इलाम पुगेर टुंगिने जानकारी उनले दिए। सहभागीलाई बेहोस हुने, छारे रोग, अंगभंग भएका, घाँटीमा अड्केको, करेन्ट लागेको, सर्पको टोकाइ, रक्तश्राव, आगोले पोलेको, विष सेवन गरेको, हृदयघात, किराको टोकाइ, दम, लु लागेको, आघात, नाकबाट रगत आउने, स्वास–प्रश्वास र रक्तसञ्चार प्रणालीमा आउने समस्यामा केन्द्रित भएर प्राथमिक उपचार तालिम दिइएको छ।

विदेशबाट पैसा मात्र नभएर स्वास्थ्यसम्बन्धी नयाँ सीप, ज्ञान र प्रविधि भिœयाउने लक्ष्यका साथ निःशुल्क प्राथमिक उपचार तालिम अभियान सञ्चालन सुरु गरिएको डिस्कोभरी रोयल स्पोर्टस कम्पनीले जनाएको छ। तालिममा सहभागी भएका सहभागीलाई आइएसओ मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिएको सहआयोजक खोटाङ सेवा समाज युएईले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App