८ वैशाख २०८१ शनिबार
खेल

नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब च्याम्पियन

चितवन – नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा च्याम्पियन भएको छ।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा बिहीबार सम्पन्न प्रतियोगितामा नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब फिस्लिङ ‘ए’ चार विधा सम्मिलित खेलमा सर्वाधिक एक हजार अंक प्राप्त गर्दै च्याम्पियन भएको हो।

नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब फिस्लिङ ‘ए’ ले स्प्रिन्ट (१०० पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३०० पूर्णाङ्क) र डाउन रिभर (४०० पूर्णाङ्क) मा शतप्रतिशत अंक प्राप्त गरेको थियो। च्याम्पियन टोलीले अन्तिम दिन भएको स्लालोम र डाउन रिभर पनि उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा निकाल्यो। ओभरअलमा उपविजेता भएको प्याडल नेपाल ‘बी’ ले ८ सय ४ अंक प्राप्त गर्‍यो।

प्याडल नेपालले स्प्रिन्टमा ८८ अंक र हेड टु हेडमा १ सय ७६ अंक प्राप्त गरेको थियो। बिहीबारको दुई विधामा प्याडल नेपाल स्लालोममा २ सय ६४ र डाउन रिभरमा २ सय ७६ अंक हासिल गर्दै दोस्रो स्थानमा उभ्याएको हो। त्यस्तै तेस्रो भएको नेपाल कायक क्लबले समग्र चार विधामा ८ सय ८७ अंक प्राप्त गरेको थियो।

अन्तिम दिनको दुई विधा स्लालोममा २ सय ३७ अंक र डाउन रिभरमा ३ सय ५२ अंक प्राप्त गरेको थियो। नेपाल कायक क्लबले यसअघि बुधबारको स्प्रिन्टमा ७२ अंक र हेड टु हेडमा १ सय २६ अंक जितेको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब फिस्लिङ ‘बी’ ७ सय २४ अंकका साथ चौथो र पाँचौं भएको त्रिभुवन आर्मी ‘ए’ ले ७ सय २ अंक प्राप्त गर्‍यो। शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी र पदक प्राप्त गरे।

प्रतियोगिताका विजेतालाई इच्छा कामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङ, पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई र आयोजक संघका अध्यक्ष मानबहादुर न्यौपानेलगायतले पुरस्कृत गरे। प्रतियोगितामा एक विभागीयसहित कुल ११ टोलीले प्रतिस्पर्धा गरेको संघका सुदीप गौतमले जानकारी दिए। कुल ११ टोली रहेका र्‍याफ्टिङमा प्रत्येक टोलीमा ८ खेलाडीको सहभागिता रहेको थियो। व्यक्तिगत विधाको कायकमा भने २८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १० फाल्गुन २०७५ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App