८ वैशाख २०८१ शनिबार
समाज

जुनोटिक रोगबाट बच्न अभिमुखीकरण

खोटाङ – पशुपन्छीबाट मानिसमा सर्ने जुनोटिक रोगबाट बच्ने उपाय विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङले बिहीबार ‘एन्टिबायोटिक्स रेसिड्यु, एन्टिबायोटिक्स रेसिस्टेन्स, प्रुडेन्ट युज अफ एन्टिबायोटिक्स तथा जुनोटिक रोगबारे सचेतना अभिमुखीकरणु कार्यक्रम गरेको हो ।

पशुपन्छीबाट जुनसुकैबेला मानव स्वास्थ्यमा सर्न सक्ने रेबिज, बर्डफ्लु, स्वाइनफ्लु, जापानी इन्सेफ्लाइटिस, भाइरल एन्फ्लुएन्जा, ब्रुसेल्लोसिस, पटके, टोक्सोप्लाज्मोसिस, हाइड्याटोसिसलगायत जुनोटिक रोगबाट बच्न सचेतना जगाउन अभिमुखीकरण कार्यक्रम गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका वरिष्ठ पशु विकास अधिकृत डा। रामनारायण मण्डलले बताए ।

केन्द्रले जुनोटिक रोगबाट बच्न पशु सेवा कार्यालयले पशुपन्छीसँगको सम्पर्कमा सावधानी अपनाउन आग्रह गरेको छ । मानव स्वास्थ्यमा देखापर्ने ६० देखि ७० प्रतिशत रोग मासुका माध्यमबाट लाग्ने जनाउँदै कार्यालयले पशु प्राविधिकलाई भेला गरेर जूनोटिक रोगबाट बच्न विशेष सचेतता अपनाउन आग्रह गरेको हो । जुनोटिक रोग मानिसबाट पशुपन्छी र पशुपन्छीबाट मानिसमा सर्ने भएका कारण सावधानीपूर्वक पशुपन्छीसँगको सम्पर्कमा रहन डा। मण्डलले सुझाव दिए । जुनोटिक रोगबाट बच्न निजी तथा सरकारी पशुपन्छी फर्म, ब्रोइलर फर्म, पशु बधशाला, मासु पसलको नियमित अनुगमन एवं परीक्षण गर्न, शंकास्पद वा रोगी पशुलाई समूहबाट अलग्गै राख्ने व्यवस्था तथा बालबच्चाको संसर्गमा आउन नदिन, कुकुर, बिरालोलगायत घरपालुवा पशुपन्छीलाई होटल तथा रेस्टुरेन्टमा पस्न नदिन कार्यालयको सुझाव छ । उनले बिरामी पशुपन्छीलाई एन्टिबायोटिक्स दिइए पनि रेसिस्टेन्ट किटाणु बाँचिरहने भएकाले मानव शरीरमा प्रवेश गर्ने खतरा रहेको बताए ।

यस्तै, घरपालुवा जनावरलाई परजीवीविरुद्धको खोप दिन, कुकुरलाई नियमित रेबिजविरुद्धको खोप दिए र क्वारेन्टाइन व्यवस्थापनलाई सबल बनाउँदै बधशाला, मासुपसल, भान्छाघर, चर्पीभित्र झिंगा पस्न नसक्ने वातावरण बनाए जुनोटिक रोगबाट बच्न सकिने मण्डलले बताए । 

प्रकाशित: १० फाल्गुन २०७५ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App