७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश सभा सदस्य ओलीको निधन

काठमाडाैँ - नेपाल कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको असामयिक निधन भएको छ। दाङ ३ ख बाट निर्वाचित प्रदेशसभा सदस्य ओलीको काठमाडौमा उपचारको क्रममा निधन भएको हो। उनको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको नेकपा केन्द्रीय सदस्य बिस्नु रिजालले बताए।

सांसद ओली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो।

नाम नखुलाउने शर्तमा एक नेताले भने,'ओली हाईक्सोक्सिक मस्तिष्क चोटबाट पीडित थिए। उनले डायलिसिस पनि गराएको र  ज्वरो पनि आएको थियो।' ती स्रोतका अनुसार हाइपोक्सिक मस्तिष्क चोट एक प्रकारको मस्तिष्क चोट हो जुन मस्तिष्कमा अक्सीजनको आपूर्तिमा अवरोध खडा गर्छ।

उनको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ । दाङको दंगिशरण गाउँपालिका वडा नम्बर–६, लेटारका सांसद ओली गएको वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन एमालेको तर्फबाट विजयी भएका थिए।

प्रकाशित: १० फाल्गुन २०७५ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App