८ वैशाख २०८१ शनिबार
राजनीति

नाम र राजधानीबारे सुझाव लिन सांसदहरू जिल्लामा

बुटवल - प्रदेश ५ को नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समिति बिहीबारदेखि जिल्ला दौडाहमा जाने भएको छ। समितिले ६ महिनापछि बल्ल रायसुझाव संकलनका लागि प्रश्नावली तयार गरी सांसदको टोली जिल्ला पठाएको हो। १२ वटा जिल्लामा सुझाव संकलनका लागि ६ वटा टोली बनाइएको छ। टोलीले फाागुन ११ गते रुकुम, १२ गते बाँके, प्युठान र नवलपरासी, १३ गते रुपन्देही, पाल्पा र बर्दियामा रायसुझाव संकलन गर्नेछ। फागुन १४ गते दाङ र रोल्पामा, १५ गते कपिलवस्तु र गुल्मीमा र १६ गते अर्घाखाँचीमा सुझाव संकलन गर्ने कार्यतालिका छ। एउटा टोलीले दुईवटा जिल्ला पुगी रायसुझाव संकलन गर्नेछ। यसका लागि नाम र राजधानीसम्बन्धी प्रश्नावलीसहितको फाराम तयार गरिएको छ। नामका लागि ऐतिहासिक, भौगोलिक, र सांस्कृतिक पहिचानमध्ये कुनै एकलाई आधार मानेर ५ वटा उपयुक्त नाम लेख्न भनिएको छ।

राजधानीका सम्बन्धमा भने ८ वटा प्रश्न सोधिनेछ। प्रदेश राजधानीका लागि प्रशासनिक सुगमता, भूमि व्यवस्थापन कसरी गर्ने, ल्याण्ड पुलिङ नीति, राजधानी क्षेत्रको जनघनत्व र वातावरणीय अनुकूलतालगायतका सवालमा सहभागीले आफ्नो अभिमत राख्नुपर्ने छ। त्यस्तै सामरिक सुरक्षा व्यवस्था, भौगोलिक अनुकूलता, उपयुक्त स्थान कुन हुनसक्छ भन्ने प्रश्नसहित अन्त्यमा केही सुझाव भए भन्ने ८ वटा प्रश्न सहितको फाराम तयार गरिएको छ।

प्रदेश राजधानीका लागि प्रशासनिक सुगमता, भूमि व्यवस्थापन कसरी गर्ने, ल्याण्ड पुलिङ नीति, राजधानी क्षेत्रको जनघनत्व र वातावरणीय अनुकूलतालगायतका सवालमा सहभागीले आफ्नो अभिमत राख्नुपर्ने छ। त्यस्तै सामरिक सुरक्षा व्यवस्था, भौगोलिक अनुकूलता, उपयुक्त स्थान कुन हुनसक्छ भन्ने प्रश्नसहित अन्त्यमा केही सुझाव भए भन्ने ८ वटा प्रश्न सहितको फाराम तयार गरिएको छ।

विशेष समितिका सदस्यको टोलीले प्रत्येक जिल्लामा राजनीतिक दल, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, नगारिक समाज, बुद्धिजीवी, विभिन्न संघ÷संस्थाका प्रतिनिधि संग राय सुझाव लिनेछ। कार्यविधिले तोकेको मापदण्डभित्र रहेर छलफल अन्तरक्रिया गरी उनीहरूलाई प्रश्नावली फारम भर्न दिइनेछ। मौखिक सुझाव पनि टिपोट गरिने छ। दस दिनभित्र सबै जिल्लाबाट रायसुझाव संकलन गरिसक्ने योजना रहेको विशेष समितिका संयोजक दीपेन्द्र पुनले बताए। १२ वटै जिल्लाबाट प्राप्त रायसुझावको एकीकृत प्रतिवेदन तयार गरिने छ। सो प्रतिवेदनमाथि समाजशास्त्री, भूगोलविद्, भूगर्भशास्त्री, सुरक्षाविद्, मौसमविद्लगायतको परामर्शपछि अन्तिम प्रतिवेदन तयार गरिने छ। समितिले सो प्रतिवेदन प्रदेशसभामा पेश गर्नेछ। फागुन महिनाभित्रै प्रतिवेदन तयार गरी सभामा पेश गर्ने योजना रहेको विशेष समितिमा संयोजक पुनले बताए।

सुझाव संकलनका लागि ६ वटा टोली जिल्ला जाँदैछन्। रुपन्देही र पश्चिम नवलपरासीका लागि सरस्वती गौतम र तेजबहादुर वली, कपिलवस्तु र अर्घाखाँचीका लागि तारा जीसी र वैजनाथ कलवार, पाल्पा र गुल्मीका लागि बाबुराम गौतम, सहषराम यादव र भुवनेश्वर चौधरी तोकिएका छन्। बाँके र बर्दियामा तुलसीप्रसाद चौधरी र विष्णु पन्थी, दाङ र प्युठानमा निर्मला क्षेत्री, नारायण आर्चाय र कल्पना पाण्डे, रोल्पा र रुकुममा वीरबहादुर राना र दिनेश पन्थीको टोलीले सुझाव संकलन गर्नेछ।

कार्यविधिले समितिका सदस्यलाई सुझाव संकलन अवधिभर आग्रह पूर्वाग्रह नराखी काम गर्न निर्दिष्ट गरेको छ। राय सुझाव संकलन गर्न सांसदहरू जिल्ला जाँदा सदनमा सहभागी हुन नपाउने भएकाले प्रदेशसभा बैठक पनि दस दिनका लागि स्थगित गरिएको छ। प्रदेशसभाले गत साउन २४ गते नाम र राजधानीका सम्बन्धमा सुझाव संकलन गरी सिफारिस गर्न १५ सदस्यीय विशेष समिति गठन गरेको थियो। तर समितिले तीन महिने म्याद कामै नगरी गुजारेपछि हिउँदे अधिवेशनको पहिलो बैठकले मंसिर २६ मा फेरि तीन महिना थपिएको हो। दोस्रोपटक थपिएको समय पनि फागुन २६ मा सकिँदैछ। त्यसअघि नै समितिले सुझावसहितको प्रतिवेदन सदनमा पेश गर्नुपर्ने छ।

प्रदेश नं ५ मा नामको बिषयमा अहिले सम्म ठुलै बिमती नदेखिए पनि राजधानीको विषय पेचिलो छ। अस्थाइ मुकाम बुटवल र मुख्यमन्त्रीको गृह जिल्ला दाङ को पक्षमा प्रदेश सांसद सुरुदेखि नै लबिङमा छन। राजधानीको बिषयमा नेकपा र कांग्रेसका सांसदहरू पार्टीगत रूपमा नभई दाङ पक्षधर र बुटवल पक्षधर बनी दुई कित्तामा उभिएका छन्। प्रदेश सभासदहरु मात्रै होइन सत्तारुढ दलकै शीर्ष नेता पनि बुटवल र दाङको विषयमा विभाजित छन। सोही कारण नेकपाको दुईतिहाइ बहुमत भए पनि प्रदेश राजधानीका सम्बन्धमा सहमती जुट्ने सम्भावना देखिँदैन। क्षेत्रगत रूपमा दाङ र बुटवल पक्षधरबीच संख्यालाइ हेर्ने हो भने पनि बुटवलको पक्षमा बहुमत छ तर दुईतिहाइ पुग्दैन।

प्रकाशित: १० फाल्गुन २०७५ ००:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App