८ वैशाख २०८१ शनिबार
अर्थ

मनोरञ्जनसँगै ‘महिन्द्रा उदय’

काठमाडाैं - नेपाली बजारमा उपलब्ध महिन्द्राका ३० भन्दा बढी उत्पादनको प्रदर्शन शुक्रबार अर्थात फागुन १० गते दिउँसो २ बजे भृकुटीमण्डमा सुरु हुँदै छ। तीन दिनसम्म चल्ने महिन्द्रा उदय अटो मेलामा मनोरञ्जन, खाना र संगीतको आनन्द लिन सकिने आयोजकले जनाएको छ।

मेलामा नेपालमा महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले सहभागिता जनाउने छन्। सांगितिक कार्यक्रममा कलाकारहरू सुबिन राई, रोहितजंग क्षत्री, प्रदेश लिम्बूलगायत चर्चित सांगितिक ब्यान्डको पस्तुति रहने छ। कार्यक्रममा नेवारी, तिब्बती, थाई, इटालियनलगायत खानाको स्वाद लिन सकिने आयोजकले जनाएको छ।  

 

प्रकाशित: ९ फाल्गुन २०७५ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App