coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडाैं - नेपाली कांग्रेसको बिहीबार बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ। महासमिति बैठकका निर्णयलाई कार्यान्वयन गर्न बस्ने भनिएको बैठक गुटगत विवादका कारण स्थगित भएको हो।

महासमिति बैठकमा जिल्ला सभापतिहरुले केन्द्रीय सदस्य पनी क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि हुन तल्लो तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीका हरेक निकायमा एकपटक भन्दा बढी समानुपातिकमा अवसर नदिन माग गरेका थिए। यसमा पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत हुँदै सभापतिहरुका मागलाई केन्द्रीय समिति बैठकद्वारा पुरा गराउने बताएका थिए। माघ १० गते बसेको बैठककाे निर्णयबाट सभापति देउवा पछि हटेपनि  नेता पौडेल समूहले आफ्नो अडान भने छोडेको छैन। बिहीबार दिउँसो १ बजेबाट सहमतीको प्रयास भएपनि शिर्ष नेताबीच सहमती जुट्न नसकेपछि पौडेल समूह बैठक अघि नै केन्द्रीय कार्यालयबाट वाहिरिएको थियो।

स्थगित बैठक आगामी १२ गते दिनको ११ बजे बस्ने गरी स्थगित भएको पार्टी प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए। उनले विधानलाई सर्वसम्मत सहमतीबाटै पारित गर्न समय लिइएको र १२ गते बस्ने बैठकबाट यो विषय टुङ्गो लाग्ने जानकारी दिए।

 

प्रकाशित: ९ फाल्गुन २०७५ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App