८ वैशाख २०८१ शनिबार
राजनीति

अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

अष्ट्रियाकी विदेशमन्त्री करिन केनिसिल काठमाडौंमा। तस्बिर : विजय गजमेर

काठमाडौं- अष्ट्रियाकी विदेशमन्त्री करिन केनिसिल काठमाडौं आइपुगेकि छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएकि कनिसिलले परराष्ट्र मामिला अध्ययन केन्द्रले आयोजना गरेको 'नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रम'लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उनको भ्रमणदल ४ पत्ररकार सहित १३ जनाको छ। उनले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग भेट गर्नेछिन्। भेटका अवसरमा नेपालको विकासमा अष्ट्रियाले कसरी सघाउन सक्छ भन्ने विषयमा छलफल हुने छ। उनी फागुन ११ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App