७ वैशाख २०८१ शुक्रबार
राजनीति

मौलिकता नरहे पहिचान गुम्न सक्छ : उपराष्ट्रपति पुन

काठमाडौं – अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिकता नरहे पहिचान गुम्न सक्ने खतरा रहेको बताएका छन्।

राष्ट्रिय मातृभाषा कविता महोत्सव २०७५ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले बौद्धिकताका नाममा अरुको भाषा बढेकोमा चिन्ता व्यक्त गरेका छन्। उनले भने, ‘सरकारी तथ्यांक मातृभाषामा प्रकाशित गर्न सरकारसँग अनुरोध गर्छु।’

महोत्सवमा नेपालका ४२ भाषामा कविता बाचन गरिएको छ। साथै १७ जातिको झाँकी प्रस्तुत गरिएको छ। प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले भाषा संरक्षण घरबाटै सुरु गर्नुपर्ने बेला आएको बताए। उनले भने,  ‘बगैंचामा सेतो गुलाफ मात्रै हुँदा राम्रो हुन्न, रंगीचंगी फूल भए मात्र राम्रो देखिन्छ।’

महोत्सवमा सुभकामना राख्दै शताब्दी पुरुष सत्यमाहन जोशीले नेपाली भएर नेपालीकै मौलिकता चिन्न नसकेकोहा दुःख व्यक्त गरे। भने, ‘हाम्रो संस्कृति विदेशीले आएर चिनाइदिनुपर्ने बेला आएछ, भाषा र संस्कृति संरक्षणमा राज्य र हामी सँगै लाग्नुपर्छ।’ हरेक वर्षको फेब्रअरीको २१ तारिखमा यो दिवस मनाइने गरिन्छ। महोत्सवमा राष्ट्रिय गानसमेत प्रस्तुत गरिएको छ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App