१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

पोखरा रंगशाला । तस्बिरः नागरिक

काठमाडौं – १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट पोखरामा सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

प्रतियोगितामा आयोजक सहारा क्लबसहित ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, पुलिस, एपिएफ, हिमालयन शेर्पा, धरान फुटबल क्लब, युनाइटेड सिक्किम र दाउफिन्स फेमिलि गरि १० टोलीको सहभागिता रहेको छ। 

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाखका साथ मेडल र ट्रफी प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै विधागततर्फका उत्कृष्ठ खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र पाउनेछन्। सर्वाधिक गोलकर्ताले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App