coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा सचिवालय बैठक कार्यदलबारे अनिर्णित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सांगठनिक एकतालाई मिलाउन गठन गरिएको कार्यदलको म्यादबारे सचिवालय बैठक अनिर्णित बनेको छ।

पार्टी सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा कार्यदल बनाइएको थियो। कार्यदल गठन भएको दुई महिना भन्दा बढी भएता पनि कार्यदलले ठोष निर्णय लिन सकेको थिएन। पार्टी सचिवालयसँग कार्यदलले थप एक हप्ताको समय माग गरे पनि म्याद थप गर्ने वा नगर्नेबारे बैठक अनिर्णित बनेको हो। सचिवालय सदस्य सहित कार्यदलका सदस्यको संयुक्त बैठक बसेको  थियो। बैठक पुन: भोलीको लागि बोलाइएको छ।

नेकपामा तल्ला कमिटीको एकता अझै टुंगोमा पुग्न सकेको छैन। केन्द्रमा रहेका नेताहरुको पनि जिम्मेवारी बाँडफाँट हुन नसक्दा नेताहरु जिम्मेवारी बिहिन प्राय छन्।

प्रकाशित: ९ फाल्गुन २०७५ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App