coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अष्ट्रियाकी विदेश मन्त्री नेपाल आउँदै

काठमाडौं – यूरोपकका लागि संघीय मन्त्री एवं अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आउने भएकी छिन्। उनी अष्ट्रियाको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दुई पक्षीय भ्रमणका लागि नेपाल आउन लागेकी हुन्। विदेशमन्त्री करिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेकी हुन्। करिनले मन्त्री ज्ञवालीसँग दुई पक्ष्ीाय भेट गर्ने कार्यक्रम रहेको छ।

दुवै मन्त्रीले नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। मन्त्री करिन नेतृत्वको प्रतिनिधि मण्डल फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App