८ वैशाख २०८१ शनिबार
समाज

सल्यानमा सवारी दुर्घटना, १ को मृत्यु १९ घाइते

दाङ- सल्यानमा शुक्रबार बिहान भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सल्यानमा जीप र तरकारी बोक्ने मिनी ट्रक पल्टिएका छन्। सल्यानको शारदा नगरपालिका ६ मदनकाँडामा लु१ज २९३४ नम्बरको जीप पल्टिँदा चालक घनश्याम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यानको श्रीनगरबाट टाकुरा भन्ने स्थानमा यात्रु लिन जाँदै गरेको उक्त जीप त्यस सडक खण्डको मदनकाँडा भन्ने स्थानमा सडकबाट खोलामा खसेको थियो। जीपमा चालक र सहचालक मात्रै रहेको र सहचालक सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान ६ वजेतिर भएको हो।

यस्तै सल्यानको कपुरकोट नजिकै तरकारी बोकेको मिनी ट्रक पल्टिदा १९ जना घाइते भएका छन्। रिम भन्ने स्थानबाट तरकारी बोकेर कपुरकोट तर्फ आउँदै गरेको रा१ख ११५१ नम्बरको मिनी ट्रक कपुरकोट नजिकै सडकबाट झण्डै बीस मिटर तल खसेको कपुरकोट प्रहरीले जनाएको छ। दुर्घटनामा परी १९ जना तरकारी किसानहरु घाइते भएको र दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

उनीहरु तरकारी विक्रीका लागि कपुरकोट आउँदै थिए। घाईतेहरुको दाङ तुलसीपुर स्थित अञ्चल अस्प्तालमा उपचार भैरहेको छ।

करेन्ट लागेर महिलाको मृत्यु

यता,दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। त्रिपुर नगरपालिका ४ बुधौरा निवासी ४० वर्षीय सुष्मा सिजवालको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। आफ्नै कुखुरा फर्मममा काम गर्दै गर्दा करेण्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जानकारी दिएको छ। घरमा कोही नभएको समयमा फर्ममा काम गर्दै गर्दा उहाँलाई करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित: २१ आश्विन २०७३ ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App