coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली युवा टोली पराजित

काठमाडौं – भारतको गुहावाटीमा मंगलबारदेखि सुरु भएको दोस्रो डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ गोल्डकप प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली युवा टोली भारतको मेघालय टोलीसँग बुधबार ३–२ ले पराजित भएको छ।

उपाधि लक्ष्यसहित भारत पुगेको नेपाली युवा टोलीले मेघालयलाई नतिजा सुम्पिँदा पहिलो खेल खल्लो भएको छ। गुहावाटीको  एलएनआइपिई स्टेडियममा भएको खेलमा मेघालयले १५औँ मिनेटमा सुरुआती अग्रता लिएको थियो।

फितलो प्रदर्शन गरेको नेपाली टोलीविरुद्ध मेघालयका रोवर्ट कोङले पहिलो गोल गरे। नेपाली युवा टोलीका  रेजिन सुब्बाले ३८औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए। पछि परे पनि पुनरागमन गर्दै खेलमा फर्किएको नेपाली टोली दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि ७६औं मिनेटमा पुनः एक गोलले पछि पर्यो। मेघालयका लागि शाइबोर नोनग्रमले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। इन्जुरी समयमा मेघालयका फिगो सिन्डियाले गोल गर्दै अग्रता फराकिलो पारे।

नेपालले त्यसपछि पेनाल्टी  पायो। इन्जुरी समयमा नै मेघालयका खेलाडीले पेनाल्टी बक्सभित्र ‘ह्यान्ड’ गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टीको मौका दिएका थिए। नेपालका प्रिजन तामाङले मौकालाई गोलमा परिणत गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल बिहीबार त्रिपुरासँग खेल्नेछ। ११ टोलीलाई दुई समूहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगितामा शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। समूूह ‘ए’ मा ५ र समूह ‘बी’ मा ६ टोली छन्।

प्रकाशित: ९ फाल्गुन २०७५ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App