coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्पेन र इटाली बराबरीमा रोकिए

टुरिन- विश्वकप २०१८ को छनोट चरणका खेलमा इटाली र स्पेनले बराबरी खेलेका छन्। इटालीको टुरिनमा बिहीबार राति सम्पन्न खेलको पहिलोहाफ गोलहित बराबरीमा सकिएको थियो। खेलको ५५औं मिनेटमा स्पेनका भिटोलेले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए। तर खेल सकिन ८ मिनेट बाँकी रहँदा इटालीका ड्यानियल डे रोसीले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल १-१ गोलको बराबरीमा सकिएको हो।

त्यस्तै विश्वकप छनोट चरणअन्तरर्गत गएराति सम्पन्न खेलमा त्रोएसियाले कोसोभोलाई ६-० गोल अन्तरले पराजित गरकेो छ। त्यस्तै विश्वकप छनोट चरणअन्तर्गतको एसियाली छनोट खेलमा जापान र दक्षिण कोरिया विजयी भएका छन्। दक्षिण कोरियाले कतारलाई ३-२ ले पराजित गर्दा जापानले इराकलाई २-१ ले पराजित गर्‍यो।

त्यस्तै विश्वकप छनोट चरणअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले जित बोल्भियालाई ५-० गोल अन्तरले पराजित गरेको छ। सो खेलमा नेइमार बोल्भियाका खेलाडीसँग खेलका क्रममा जुध्दा कुहिनोमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए।

प्रकाशित: २१ आश्विन २०७३ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App