coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिमरामा देउवालाई १ सय ५१ किलोको माला

तस्बिर : उपेन्द्र/नागरिक

बारा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बाराकाे सिमरामा १ सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ।

वीरगन्ज जाने क्रममा सिमरा पुगेका देउवालाई नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिले १ सय ५१ किलोको माला लगाएको हो। जीतपुरसिमराका नगर सभापति श्यामबाबु गुप्ताले सिमरास्थित पार्टी कार्यालयमा सभापति देउवालाई माला लगाएर स्वागत गरेका थिए। सिमरा आएका देउवाले सञ्चारकर्मीसँग भने बोल्न मानेनन्। सञ्चारकर्मीले प्रश्न राख्न खोज्दा देउवाले अहिले नबोल्ने भन्दै सञ्चारकर्मीलाई पन्छाएका थिए।

 

प्रकाशित: ८ फाल्गुन २०७५ १५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App