६ वैशाख २०८१ बिहीबार
राजनीति

सरकारले एक वर्षमा केही सिक्यो, अहिल्यै मूल्यांकन गर्ने बेला भएको छैन : मणि थापा

काठमाडाैं - नेकपाका नेता मणि थापाले सरकारको एक वर्ष आधार वर्ष भएको बताएका छन्। नागरिक फ्रन्टलाइनसँगको कुराकानीका क्रममा बुधबार थापाले सरकारको एक वर्षलाई सिकाइको वर्षमा मात्र हेर्नुपर्ने बेला भएको बताए। सरकार र पार्टीबीचको तालमेल नमिलेर सरकार असफल हुँदै गएको र पार्टी एकताले पनि पूर्ण रुप लिन नसकेको हो भन्ने प्रश्नमा उनले भने, ‘हाम्रा शीर्ष र नेतृत्व तहका नेताहरु केही रुमल्लिनु त पक्कै भएको हो, तर यसलाई असफल नै भन्न त हुँदैन।

आफ्ना नेताहरुले पार्टीमा युगान्तकारी भूमिका निर्माण गर्न नसकेको पनि बताए। सरकारको एक वर्षे समयावधिलाई धरमराएको भन्न नमिल्ने उनको भनाइ थियो। शीर्ष तहका नेताको वरिपरि तल्ला तहका नेताहरु घुम्नाले पार्टी एकता र आम कार्यकर्तामा पार्टीप्रति असन्तुष्टि फैलिएको उनले आरोप लगाए। साथै उनले अहिले पार्टीले पाएको बहुमतको कदर गर्दै जनतामा सही सन्देश दिनुपर्ने अन्यथा सरकारको उपलब्धि गुम्ने खतरा रहेको औंल्याए।

गायक पशुपति शर्माको गीतको प्रसंग कोट्याउँदै कार्यक्रमको सुरुमै अभिव्यक्ति स्वतन्त्रतामा सरकारले किन हस्तक्षेप गरेको भनी गरिएको प्रश्नमा उनले बताए, ‘गीत युगान्तकारी र मर्यादित हुनुपर्छ। सामाजिक मूल्य मान्यतासँग जोडिएको हुनुपर्छ।’ 

 

प्रकाशित: ८ फाल्गुन २०७५ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App