coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

काठमाडाैंलाई पराजित गर्दै अत्तरीया डीपीएलकाे फाइनलमा

काठमाडाैं - सिवाइसी अत्तरीया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरीयाले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो। यसअघि लिग चरण अन्तर्गत  भएको खेलमा समेत अत्तरीयाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको थियो।

अत्तरीयाले जितकालागि दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८ दशमलव ३ ओभरमा अलआउट हुँदै ६९ रनमा खुम्चिएपछि अत्तरीया ४१ रनको जित दर्ता गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो। सामान्य विजयी लक्ष्य पछ्याएको काठमाडौंका ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न नसकेपछि काठमाडौं जारी प्रतियोगितामा अत्तरीयासँग लगातार दोश्रो हार व्यहोर्न बाध्य भएको हो।

काठमाडौंका गौरभ टोमारले सर्वाधिक २६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र सिंह कार्कीले समान ११/११ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक समेत छुन सकेनन्। काठमाडौंलाई ६९ रनको स्कोरमा रोक्ने क्रममा सन्नी पटेलले ३ तथा कमल सिंह ऐरी तथा भुवन कार्कीले समान २/२ विकेट लिए।

यसअघि अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ११ रनको लक्ष्य दिएको छ। फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन जोडेको थियाे।

अत्तरीयाका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए। यस्तै सन्नी पटेलले २८ तथा सुवेन्दु पाण्डेले १६ रन बनाए। काठमाडौंका अंकित दावस र सुर्य तामाङले  समान २/२ विकेट लिए।

प्रकाशित: ८ फाल्गुन २०७५ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App