‘ओली असफल भए दाहाल प्रधानमन्त्री बन्न सक्छन्’

बुधबार, ०८ फागुन २०७५, १५ : ५१ नागरिक

काठमाडौं– राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन्। 

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदा पनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘राजनीतिक स्थायित्व भएको, कम्युनिष्ट एकता भएको र दुई तिहाईको सरकार भएकोले जनताले विकास र समृद्धि द्रुत गतिमा होला भनेर आशा गरेका थिए, तर त्यस्तो भएन्।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भए पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न सक्ने तर्क गर्दै राजनीतिक विश्लेषक आचार्यले भने, ‘ओलीजी असफल हुनुभयो भने नेकपाबाट प्रचण्ड अगाडि आउने सम्भावना छ। तर, यसको लागि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेलले ओलीविरुद्ध च्यालेन्ज गर्छन्। र, उनीहरुले नै प्रचण्डलाई अघि सार्छन्।’

अहिले विकास खर्च २२ प्रतिशत पनि हुन नसकेको बताउँदै उनले भने, ‘अहिले मुलुकमा भ्रष्टाचार बढेको छ। वाइडबडी काण्ड छ, अरु पनि काण्डै काण्ड छन्। नेपालको भु–राजनीतिक अवस्था बग्रिएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ। आगामी चार वर्ष पनि सरकार यही तरिकाले अघि बढ्यो भने जनताको यो सरकारसँग रहेको आशा र भरोसा समाप्त हुन्छ।’

आचार्यले सरकार विकास र समृद्धि हाँसिल गर्ने काममा केन्द्रित हुन नसकेको गुनासो पोखे। ‘सरकारको फोकस विकास र समृद्धिमा भन्दा पनि होली वाइनतिर छ, गुड गभर्मेन्समा भन्दा पनि पानीजहाज र मोनोरेलमा छ।’ 

उनले सरकारको राम्रो पक्ष भनेको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई संख्याको चुनौती नभएको बताए। आचार्यले मुलुकको पछिल्लो आर्थिक वृद्धिदर पनि ठिक नभएको आरोप लगाए। उनले भने, ‘भ्रष्टाचार बढेको छ। आइसकेको हवाईजहाज थन्किएर बसेका छन्। डेस्टिेशन पाएका छैनन्। मेलम्ची आयोजनालाई तुह्याउन खोजिएको छ।’

विश्लेषक आचार्यले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कारण सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘प्रतिपक्ष त अहिले सडक र सदन कहीँ पनि छैन्। ७ वटै प्रदेशमा कांग्रेस छैन्। त्यही भएर सरकार निरंकुश बन्न खोजिरहेको छ। पशुपति शर्माको गीत प्रकरण पनि त्यसैको कडी हो। सरकारमात्रै होइन, कांग्रेस पनि असफल भएको छ।’

उनले यो एक वर्षमा सरकारमात्रै नभएर कांग्रेस पनि असफल भएको दाबी गरे। उनले भने, ‘कांग्रेस चुकेकै हो। त्यही भएर चुनाव पनि हार्यो। चुनाव हारेलगत्तै सभापति देउवाले राजीनामा दिनुपर्दथ्यो। कांग्रेस अहिले ट्रयापमा छ।’ जनताहरु गतिशील बनेको अवस्था भए पनि कांग्रेसका नेताहरुलाई ल्यापटपनि चलाउन नआउने उनको आरोप छ। 

उनले भने, ‘कांग्रेस सभापति देउवाले केही बोले भने उनले ठीक बोलेनन भनेर सबैभन्दा पहिले उनकै गृहजिल्ला डडेल्धुरामा विरोध हुन्छ। कांग्रेसमा धेरै बुढाखाडा छन्। एउटा फाइल बढुवा भएर नेता हुनेछन्। अर्को वंशको आधारमा कांग्रेस हुनेहरु छन्। विपीको छोरो, गणेशमानको छोरा, गिरिजाकी छोरी र महेन्द्रनारायण निधिको छोरोहरु वंशको आधारमा नेता भएका छन्। छाताधारी कांग्रेस त छँदैछन्। गगन थापा, प्रदीप पौडेल र गुरु घिमिरे लगायतका अर्को युवा पुस्ता पनि कांग्रेसमा छ, तर उनीहरुलाई कांग्रेसी नै मान्दैनन्।’

यद्यपि उनले सरकारसँग अहिले नै आशा नै मारिहाल्नुपर्ने अवस्था भने नआएको स्पष्ट पारे। उनले भने, ‘यो सरकारसँग आशा गर्ने ठाउँ अझै छन्, यो सरकारसँग चार वर्ष समय छ, सरकार फिर्छ भने राम्रो गर्न सक्छ। प्रतिपक्षी दल कांग्रेस पनि जुर्मुराउनुपर्छ। प्रतिपक्षी जुर्मुरायो भने धेरै कुरा हुन्छ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भए पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न सक्ने पनि तर्क गरे। उनले भने, ‘ओलीजी असफल हुनुभयो भने नेकपाबाट प्रचण्ड अगाडि आउने सम्भावना छ। तर, यसको लागि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेलले ओलीविरुद्ध च्यालेन्ज गर्छन्। र, उनीहरुले नै प्रचण्डलाई अघि सार्छन्।’

आचार्यले अहिलेसम्म नेकपाका अर्का अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई चुनौती नदिएको सुनाए। उनले भने, ‘बरु माधव नेपालले संसदमा सरकार कहाँ छ? भनेर भन्नुभयो, यो एक वर्षमा ओलीजीेले देशको रोग के हो भनेर डाईग्नोसिस गर्नुपर्दथ्यो।’

उनले नेकपाको एकता प्रक्रिया पनि अहिले सुस्त रहेको भन्दै यसलाई नेकपाको नेतृत्वले गति दिएर टुँगो लगाउन खोजेको सुनाए। उनले भने, ‘यो राम्रो कुरा हो। एकता प्रक्रियाले गति लिनुपर्छ।’

‘सरकार एउटा गीतको पछि लाग्नु अराजकता’

साक्षात्कारमा राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए।  उनले भने, ‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको भावना बोकेको गीत गाउँदो यो सरकार डरायो, पछिल्लो ५६ घण्टा त शर्माको गीतले नेपाल तातेको छ। उनले गाएको गीत धेरै कुरा जनताको भावनाको दर्पण हो।’ ओली सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु भएको पनि उनले टिप्पणी गरे। राष्ट्रपति धेरै महँगो भएको कुरा गीतमा समावेश हुँदा के नराम्रो भयो त ? भन्दै उनले प्रश्न तेर्साए। 

फरक प्रसंगमा उनले नेपालमा राजा आउने वा नआउने भन्ने कुरा त्यसै भन्न नसक्ने बताए। उनले भने, ‘आउने कुरालाई म महत्व दिन्न। अहिले भएको विसंगतिको कारणले गर्दा केही नेताहरु राजसंस्थाको कित्तामा पुगेका छन्। तर तिनीहरु असली राजावादी होइनन्। राजाको नाम भजाएर खाने धेरै छन्।’ 

नेपालको आन्तरिक कारणले राजसंस्था आउनै नसक्ने उनको ठोकुवा छ। तर, बाहृय कारणले राजसंस्था आयो भने कसैले रोकेर पनि रोक्न नसक्ने उनले दाबी गरे। उनले भने, ‘हाम्रो देशमा अहिलेपनि राजा छाती फुलाएर हिँडिरहेका छन्। नेपाली जनताको कति उदार मन छ। राजा तथा महाराजाहरुले यो देशमा धेरै गरेका रहेछन्। यो देश जोड्ने तन्तु भनेको नै पहिलो कुरा राजा हो, दोस्रो नेपाली भाषा र तेस्रो हिन्दू धर्म हो।’

‘सरकार भन्दापनि व्यवस्था नै असफल’

संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको जिकिर गरे। उनले भने, ‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन्। अहिले लोकतन्त्र र संघीयता दुवै फंक्शनिङ छैन्।’ सरकारले विभिन्न निकायमा नियुक्ती गर्दा ज्ञाताहरुलाई नियुक्त नगरेको पनि उनले गुनासो पोखे। उनले २१ अर्बका ९ सय ६ वटा ठेक्कापट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिंक अवस्थामा रहेको पनि सुनाए। 







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...