coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

तस्बिर : दिनेश लुइटेल/ नागरिक

काठमाडौं – विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन।

उनीहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले पक्राउ गरेको विवेकशील साझाका प्रवक्ता डा. सुर्यराज आचार्यले बताएका छन। भ्रष्ट्राचारको मुद्दामा जहिले पनि साना माछा मात्रै पक्राउ पर्ने गरेको तथा ठूला माछा उम्किने गरेको सन्दर्भमा विवेकशील साझाले अख्तियारलाई दबाब दिन शान्तीपूर्ण प्रदर्शन गरेको प्रवक्ता डा. आचार्यले बताए। 

विवेकशील साझाका प्रवक्ता डा. सुर्यराज आचार्यले भने “शान्तिपूर्ण सालिन प्रदर्शनमा सरकारको धरपकड निन्दनीय छ।” विवेकशील साझाले भ्रष्ट्राचारको विरोध गर्दा सरकारको टाउको दुख्नुले लोकतन्त्र नै धरापमा पर्न लागेको प्रवक्ता आचार्यको आक्रोश पोखे। 

साझा विवेकशीलका नेता कार्यकर्ताहरु प्लेकार्ड तथा ब्यानर बोकेर बिरोध प्रदर्शन गरेका थिए। ठूलो माछा कता छ? सिंहदरबार जता छ, जनता बस्छन धुलोमा, आगो छैन चुलोमा, अख्तियारको बल्छी, सानो माछा मात्रै पर्ने, वाइड बडी काण्ड आयल निगम घोटला लगायतका विषय साझा विवेकशीलले उठाएका थिए।

 

 

प्रकाशित: ८ फाल्गुन २०७५ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App