coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

धनगढी प्रिमियर लिग : फाइनल प्रवेशका लागि अत्तरिया र काठमाडौं भिड्दै

काठमाडौं – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल प्रवेशका लागि बुधबार (आज) सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ। फाप्ला क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजेपछि सुरु हुनेछ।

लिगको शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुगेको अत्तरिया र दोस्रो स्थानमा रहेर क्वालिफायर्स पुगेको काठमाडौंबीचको विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्नुपर्नेछ। बिहीबार हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।

लिग चरणकोे अन्तिम खेल खेलेको २४ घण्टा नपुग्दै दुवै टिम फेरी फाइनल प्रवेशका लागि भिड्न लागेका हुन्। जारी प्रतियोगिता भन्दा अगाडिसम्म कमजोर मानिएको अत्तरियाले एकपछि अर्को खेलमा उत्कष्ट प्रदर्शन गर्दै क्वालिफायर्समा आइपुगेको हो। साविक उपविजेता काठमाडौंले ५ खेलमा अत्तरियाविरुद्ध मात्र हार व्यहोरेको छ।

लिगको अन्तिम खेलमा दुवै टिम खेल्दा अत्तरियाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको थियो। यी दुई टिम अहिलेसम्म ३ पटक खेल्दा २ पटक अत्तरिया र १ पटक काठमाडौं विजयी भएका छन्। अत्तरियाको कप्तान दिपेन्द्रसिंह ऐरी र काठमाडौंको कप्तान ज्ञानेन्द्र मल्ल हुन्।

प्रकाशित: ८ फाल्गुन २०७५ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App