coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलमा भेटियो डाइनासोरको कंकाल

रियो डे जानेरियो– ब्राजिलका जीव बैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कंकाल फेला पारेका छन् । भेटिएको कंकालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर २५ लामो हुनुपर्ने अनुमान गरिएको छ । यसअघि आफ्नो देशमा कहिल्यै नदेखिएको सो डाइनासोर हालसम्मकै सबभन्दा विशाल भएको दाबी गरिएको छ ।

    ‘अस्ट्रोपोसिडन म्याग्निफाइकस’ नाम दिइएको सो डाइनासोर लामो घाँटी र पुच्छरसहितको विकसित शरीर, शरीरको तुलनामा सानो खप्पर भएको शाकाहारी ‘टिटानोसोर्स’ प्रजातिको सदस्य रहेको समेत रियो डे जानेरियोमा अवस्थित भू–विज्ञान संग्रहालय (अर्थ साइन्स म्युजियम)का वैज्ञानिकहरुले बताएका छन् ।

    हाल फेला परेका प्रजातिका डाइनासोर १४ करोड पचासलाख वर्ष अघिदेखि छ करोड साठीलाख वर्ष अघिसम्म पृथ्वीमा बिचरण गरिरहेका विश्वास गरिएको छ ।

    वर्तमान विश्व मानचित्रमा दक्षिण अमेरिकाका केही खण्ड, अफ्रिका, आन्टार्टिका र ओसेनिया पर्ने पृथ्वीको भूभागमा यस्ता खाले डाइनासोरको अस्तित्व रहेको पनि अनुमान गरिएको छ ।

    ब्राजिलका फोसिल वनस्पति विज्ञानविद् लिवेलिन इभोर प्राइसले मक्किएर जम्न लागेको उक्त मेरुदण्ड कङ्काल सन् १९५० मै देखेका थिए ।

    यस बारे अध्ययन, अनुसन्धान पूरा हुन नपाउँदै सन् १९८० मा वैज्ञानिक प्राइसको मृत्यु भएकाले यो तथ्य ओझेलमा पर्न गयो । तर सम्बन्धित वैज्ञानिकहरुले यसको अध्ययन, अनुसन्धानलाई निरन्तरता दिइरहेका थिए ।

    प्राइसको मृत्यु भएको छत्तीस वर्षमा सो अध्ययन, अनुसन्धान पूरापछि डाइनासोरको उक्त कंकालको इतिहास र यथार्थ खुलासा भएको हो ।

प्रकाशित: २१ आश्विन २०७३ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App