coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘महिन्द्रा उदय’मा एक्सयुभी ३०० र मराजोको सोकेस

काठमाडौं – महिन्द्राका नेपाली बजारमा उपलब्ध भएका ३० भन्दा बढी उत्पादनलाई एउटै छानामुनि सोकेस गर्दै महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणबारे जानकारी दिने उद्देश्यले फागुन १० गतेदेखि १२ गतेसम्म तीन दिन ‘महिन्द्रा उदय’ नामबाट एकल अटो प्रदर्शनी हुन लागेको छ। 

उक्त मेला महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्त रुपमा गर्न लागेको बताइएको छ। 

उक्त लाइफस्टाइल एन्ड अटो सोमा महिन्द्राका चर्चित दुई नयाँ गाडी सोकेस गर्न लागेको कम्पनीले जनाएको छ। 
उक्त मेलामा फागुन २ गते भारतीय बजारमा सार्वजनिक भएको महिन्द्राको पहिलो कम्प्याक एसयुभी र केही महिना अघिदेखि भारतीय बजारमा उपलब्ध एमपिभी मराजो प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ। 
यी दुवै गाडीबारे नेपाली बजारमा धेरै जानकारी मागिएकोले यसलाई महिन्द्रा उदय मेलामा सोकेस गर्न लागेका कम्पनीको भनाइ छ।

एक्सयुभी ३०० 
भारतीय बजारमा सार्वजनिक हुनुअघि नै निकै चर्चामा रहेको यो गाडी कम्प्याक एसयुभी हो। महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयुभी–३०० को धेरै जस्तो डिजाइन एक्सयुभी–५०० फेसलिफ्टबाट प्रभावित छ।

सुरक्षाको लागि एयरब्याग, एबिएस, चारै चक्कामा डिस्क ब्रेक, इबिडी, इएसपी, ट्रयाक्सन कन्ट्रोल, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ सिस्टम, पावर डोर लक, ओआरभिएममा ट्रन इन्डिकेटर, साइड एयरब्याग, ब्रेक एसिस्ट, हिल एसिस्ट, कर्नरिङ लाइट, रियर वाइपर र रेन सेन्सिङ वाइपर जस्ता फिचर यसमा छन्।

यो एसयुभीको लम्बाइ ४५८५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १७८५ एमएम र ह्विल बेस २७०० एमएम छ। यसमा बुट स्पेस ७०२ लिटर क्षमताको दिइएको छ भने ग्राउन्ड क्लियरेन्स २०० एमएम छ।

यसको डियुल टोन ड्यासबोर्ड निकै आकर्षक छ भने डियुल जोन क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मनोरञ्जनको लागि इन्फोटेन्टमेन्ट सिस्टम, एयरकन्डिसन, हिटर, फ्रन्ट आर्मरेस्ट, रियर आर्मरेस्ट, सराउन्ड कुलिङ सिस्टम, स्टेरिङ माउन्टेड अडियो, किलेस इन्ट्री, पार्किङ सेन्सर जस्ता फिचर पनि छन्। 

यो एसयुभी डिजेल र पेट्रोल दुवै अप्सनमा उपलब्ध हुने र दुवै अप्सनमा ४–४ भेरियन्ट रहेको कम्पनीको भनाइ छ। यसमा १.५ लिटर डिजेल र १.२ लिटर टर्बो इन्जिन दिइएको छ। 

मराजो 
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल हो। यसमा ७ र ८ जनाले आरामदायी यात्रा गर्न सक्छन्। मराजोको डिजाइन सार्क माछाबाट प्रेरित छ भने कारको केही भाग शिकारी माछाको रुपमा डिजाइन गरिएको छ।

यसको लम्बाइ ४५८५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १७८५ एमएम र ह्विलबेस २७६० एमएम छ। पेसेन्जरको लागि धेरै सिटको व्यवस्था गरिएकोले यसमा बुट स्पेसभने १७० लिटरमात्र उपलब्ध छ।

सुरक्षाको लागि एयरब्याग, पेसेन्जर एयरब्याग, एबिएस, एबिडी, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ, हेडल्याम्प बिम एड्जस्टर, कर्नरिङ लाइट जस्ता फिचर छन्। 

यसको इन्टेरियर निकै आर्कषक रहेको कम्पनीको भनाइ छ। मनोरञ्जनको लागि इन्फोटेन्टमेन्ट सिस्टम, एयरकन्डिसन, हिटर, फ्रन्ट आर्मरेस्ट, रियर आर्मरेस्ट, सराउन्ड कुलिङ सिस्टम, स्टेरिङ माउन्टेड अडियो, पार्किङ सेन्सर जस्ता फिचर पनि छन्। 

महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ। यसले १२१ एचपी पावर र ३०० एनएम टर्क प्रदान गर्छ। इन्जिन म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App