coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्टरले किच्दा बालिकाको ज्यान गयो

खोटाङ– ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ। स्कुलबाट फर्किरहेकी खोटेहाङ गाउँपालिका–५ बड्कादियालेकी १३ वर्षीया बालिकालाई मंगलबार बालुवा बोकेको ट्याक्टरले किचेको हो। ट्याक्टरको अगाडिपट्टि बसेकी बालिका अकस्मात भुइँमा खसेकी थिइन्। सोही ट्याक्टरको पांग्रामुनि उनी परेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीले घटनाबारे जानकारी दिएका हुन्। 

स्थानीय भाषा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालिका घर फर्कने क्रममा ट्याक्टरमा चढेकी थिइन्। घट्नालगत्तै चालक र सहचाकलाई इलाका प्रहरी कार्यालय खोटाङ बजारले नियन्त्रणमा लिएको छ। भाषा आधारभूत विद्यालयको भवन निर्माणका लागि ट्याक्टरले बालुवा ओसारिरहेको थियो। 

नम्बरप्लेट नराखिएको नयाँ ट्याक्टरको ना६त ८९३८ नम्बरको रहेको प्रहरीले जनाएको छ। सो ट्याक्टर कागजातैबिना काठ निकासी गर्न प्रयोग भइरहेको अवस्थामा फागुन २ गते जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, भूकम्पपीडितको काठ बोकेको भन्दै सोसहित तीन ट्याक्टरलाई फागुन ४ गते छुटाइएको बताइएको छ। 

प्रकाशित: ७ फाल्गुन २०७५ १६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App